२०८३ असोज २४ गते शनिबार

पोखरामा सर्वाधिक राशीको राष्ट्रिय खुला फुटसल प्रतियोगिता, विजेतालाई ५ लाख रुपैयाँ

पोखरामा सर्वाधिक राशीको राष्ट्रिय खुला फुटसल प्रतियोगिता, विजेतालाई ५ लाख रुपैयाँ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० भदौ ३१ गते आइतबार ०१:१०

अघिल्लो पटक आयोजक (स्पोर्टस् क्यासल) बाट सहभागी भएका सुमित श्रेष्ठ, राम शाही, आरुष सिंह र दिपेश घले नेपाली राष्ट्रिय फुटसल टिममा छनोट भएका छन् ।

पोखरा

राजन एन्ड द ब्रदर्सले पोखरामा नेपालकै सर्वाधिक राशीको दोस्रो राष्ट्रिय खुला फुटसल प्रतियोगिता गर्ने भएको छ ।

दसैंको छेकाे पारेर असोज २८ गतेदेखि ३० गतेसम्म हुने प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ र उपविजेताले ३ लाख रुपैयाँ पाउनेछन् ।

‘परिवर्तनका लागि खेलकुद’ नारा दिइएको उक्त फुटसल प्रतियोगिता पोखरा रंगशालास्थित कभर्ड हलमा हुने आयोजक राजन एन्ड द ब्रदर्सले आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

प्रतियोगिताका लागि आयोजकले पोखराकै स्पोर्टस् क्यासलसँग सहकार्य गर्ने जानकारी दिएको छ ।

आयोजकले अघिल्लो वर्ष ३ लाख रुपैयाँ राशीको राष्ट्रिय खुला फुटसल प्रतियोगिता गरेको थियो ।

आयोजकका तर्फबाट खेलेका ४ जना खेलाडी राष्ट्रिय फुटसल टिममा परेकाले आफूहरुलाई हौसल मिलेको प्रतियोगिता संयोजक राजन गुरुङले जानकारी दिए ।

‘पछिल्लो समय खेलकुदमा युवाहरुको राम्रो क्रेज छ । अहिले धेरै क्रिकेटले राम्रो क्रेज पाइरहेको छ, फुटसलले पनि पाइरहेको छ,’ गुरुङले भने, ‘त्यही क्रेज नघटोस् र युवाहरु खेलप्रति विश्वास जगाउन पनि प्रतियोगिता आयोजना गरेका हौं ।’

अघिल्लो पटक आयोजक (स्पोर्टस् क्यासल) बाट सहभागी भएका सुमित श्रेष्ठ, राम शाही, आरुष सिंह र दिपेश घले नेपाली राष्ट्रिय फुटसल टिममा छनोट भएका छन् ।

‘हाम्रै वरिपरि खेलाडी रहेछन् पोहोर हाम्रो टिमबाट खेलेका ४ जना भाइहरु राष्ट्रिय टिममा परेका छन्,’ गुरुङले भने, ‘प्रतियोगिताबाट नयाँ खेलाडी उत्पादन हुने पनि विश्वास गरेका छौं ।’

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ तथा उत्कृष्ट गोल रक्षक, सर्वाधिक गोलकर्ता, उदीयमान खेलाडीले समान २५/२५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा भाग लिन २५ हजार रुपैयाँ दर्ता शुल्क तोकिएको छ ।

प्रतियोगितामा नेपालभरका ३० भन्दा बढी समूहले भाग लिने आयोजकले लक्ष्य राखेको छ ।

प्रतियोगिताका लागि ३० लाख रुपैयाँ खर्च हुने राजन एन्ड द ब्रदर्सको अनुमान छ ।

प्रकाशित मिति २०८० भदौ ३१ गते आइतबार ०१:१०
हजुरको प्रतिक्रिया