पोखरा
गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषद् युरोपको युवा संयोजकमा प्रकाश भण्डारीले उम्मेदवारी घोषणा गरेका छन् ।
माल्टामा व्यवसाय गरिरहेका भण्डारीले संघको आगामी अक्टोबरमा काठमाडौंमा हुने ११ औ महाधिवेशनमा सो पदमा उम्मेदवारी दिने बताएका हुन् ।
उनले माल्टामा गैरआवासीय नेपाली संघ ल्याउन भूमिका खेलका उनी एनआरएनए माल्टामा उपाध्यक्षसमेत भइसकेका छन् ।
उनी हाल नेपाल माल्टा च्यारिटी एसोसिएसनको अध्यक्ष छन् ।
विगत ९ वर्षदेखि माल्टालाई कर्मथलो बनाई विभिन्न सामाजिक संस्थाहरुमा आबद्ध भई माल्टाबासी नेपालीहरुको हक हितको लागि सामाजिक कार्य गर्दै आएका छन् ।
भण्डारीले संघको साधारण सदस्यदेखि एनआरएनए माल्टाको उपाध्यक्षसमेत भएर केन्द्री नेतृत्वसँग सहकार्य गरेर काम गरिसकेका छन् ।
उनले सबै अभियन्तालाई मिलाएर एकीकृत एनआरएनए बनाउनुपर्ने जनाउँदै युवाहरुलाई यस अभियानमा जोड्ने बताएका छन् ।
‘विश्वमा सबैभन्दा ठूलो नेपाली सञ्जालमा फैलिएको एनआरएनएलाई संस्थागत विकास र संस्थाको मर्म र भावनाअनुरुप व्यक्तित्व विकाससमेत आवश्यक छ,’ उनले भने, ‘पछिल्लो पुस्तालाई नेपालप्रति सामिप्यता र उत्तरदायित्व बहन गर्दैअगाडि बढाउन जोड दिनेछु ।’
प्रकाशित मिति २०८० असोज १ गते सोमबार ०४:१८




