२०८३ साउन २१ गते बिहीबार

कपिल शर्माका तीन मुक्तक

कपिल शर्माका तीन मुक्तक

कपिल शर्मा

@Public 4K Tv

२०७७ मंसिर १० गते बुधबार ०५:४८

गजलसन्ध्या पाेखराका पूर्व अध्यक्ष कपिल शर्मा गजल, मुक्तक, कविता लगायतका छाेटा विधामा कलम चलाउने साहित्यकार हुन् । पाेखराका विभिन्न साहित्यिक संघसंस्थामा संलग्न कपिलकाे तस्विरमा दाेसल्ला नामक गजल कृति प्रकाशित छ । १. तिमी आयौ...

गजलसन्ध्या पाेखराका पूर्व अध्यक्ष कपिल शर्मा गजल, मुक्तक, कविता लगायतका छाेटा विधामा कलम चलाउने साहित्यकार हुन् । पाेखराका विभिन्न साहित्यिक संघसंस्थामा संलग्न कपिलकाे तस्विरमा दाेसल्ला नामक गजल कृति प्रकाशित छ ।

१.

तिमी आयौ मेरो घर श्रीमती बनेर ।

मेरो मुटुको धड्कन ओखति बनेर ।

दियोमा बाति त एउटा बाहाना मात्र हो

स्वयं तिमी बलेकि छौ आरती बनेर ।

 

२.

आफू के हुँ को हुँ भन्ने नाम विर्सियो ।

पुग्नु पर्ने कहाँ थियो ठाम विर्सियो ।

जब तिमी झम्के साँझमा मुस्कुराउदै आयौ

मदिराले पनि आफ्नाे काम विर्सियो ।

 

३.

बिग्रेला यो कुरा भन्ने हेक्का पाईन मैले ।

बाजी हुन्थ्यो विना जोकर एक्का पाईन मैले ।

सिलबन्दी गरेर हालेकै हुँ बोलपत्र

तर पनि त्यो मन हाक्ने ठेक्का पाईन मैले ।

प्रकाशित मिति २०७७ मंसिर १० गते बुधबार ०५:४८
हजुरको प्रतिक्रिया