२०८३ असोज २४ गते शनिबार

एसियाली खेलकुद : पुरुष भलिबलमा नेपालकाे लगातार दोस्रो हार

एसियाली खेलकुद : पुरुष भलिबलमा नेपालकाे लगातार दोस्रो हार

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असोज ३ गते बुधबार ०४:३८

काठमाडौं । नेपाली पुरुष भलिबल टिम हाङचउ एसियाली खेलकुदमा लगातार दोस्रो खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । समूह बी को आफ्नो दोस्रो खेलमा शक्तिशाली इरानसँग सोझो सेटमा पराजय व्यहोरेको नेपाल प्रतियोगिताबाटै बाहिरिएको...

बहराइन र इरानसँग पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरियो

काठमाडौं । नेपाली पुरुष भलिबल टिम हाङचउ एसियाली खेलकुदमा लगातार दोस्रो खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

समूह बी को आफ्नो दोस्रो खेलमा शक्तिशाली इरानसँग सोझो सेटमा पराजय व्यहोरेको नेपाल प्रतियोगिताबाटै बाहिरिएको हो ।

चाइना टेक्स टाइल कभर्ड हलमा भएको खेलमा नेपालले पहिलो सेट सजिलै गुमाएको थियो । त्यसपछिका दुई सेटमा भने केही बलियो प्रतिद्वन्द्विता पेस गर्न सफल रह्यो । नेपालले दोस्रो सेटमा दुईपल्ट अग्रता लिएता पनि त्यसलाई कायम गर्न सकेको थिएन ।

पछिल्ला दुई एसियाली खेलकुदमा पुरुष भलिबलमा स्वर्ण जितेको इरानले नेपाललाई २५–९, २५–१५ र २५–१३ ले हरायो ।
नेपाल यसअघि बहराइनसँग पनि पराजित भएको थियो ।

प्रतियोगितामा सहभागी कुल टिमलाई छ । समूहमा विभाजन गरिएको छ । र, प्रत्येक समूहबाट दुई टिमले अघिल्लो चरणमा प्रवेश पाउने छन् ।

प्रकाशित मिति २०८० असोज ३ गते बुधबार ०४:३८
हजुरको प्रतिक्रिया