२०८३ साउन २१ गते बिहीबार

साफ यु १९ आजदेखि, नेपालले पाकिस्तानसँग खेल्दै

साफ यु १९ आजदेखि, नेपालले पाकिस्तानसँग खेल्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असोज ४ गते बिहीबार ०८:०९

समूह ‘ए’ मा नेपालसहित माल्दिभ्स र पाकिस्तान छन् ।

पोखरा

१९ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबल आजदेखि सुरु हुँदैछ । काठमाडौंको दशरथ रंगशालामा हुने खेलमा नेपालले आज पाकिस्तानसँग खेल्दैछ । खेल आज बेलुका साढे ५ बजे हुनेछ । समूह ‘ए’ मा नेपालसहित माल्दिभ्स र पाकिस्तान छन् ।

समूह ‘बी’ मा भारत, भुटान र बङ्लादेश छन् ।  नेपालले पहिलो संस्करण सन् २०१५ मा भारतलाई हराउँदै उपाधि जितेको थियो । सन् २०१७ मा पनि उपाधि जितेको थियो । आज हुने अर्को खेलमा साविक विजेता भारत र बङ्लादेशबीच दिउँसो साढे १ बजे खेल हुनेछ ।

प्रकाशित मिति २०८० असोज ४ गते बिहीबार ०८:०९
हजुरको प्रतिक्रिया