एजेन्सी । चर्चित फुटबलर डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा निधन भएको छ । अर्जेन्टिनाको भूतपूर्व मिडफिल्डर एवं प्रबन्धक समेत रहेका म्याराडोनाको नोभेम्बरको सुरुमा ब्रेन ब्लड क्लोटको सफल शल्यक्रिया गरिएको थियो।
सन् १९८६ को विश्व विजेता अर्जेन्टिना टोलीका कप्तान रहेका म्याराडोनाले सो प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका थिए । चारवटा विश्वकपमा अर्जेन्टिनाको प्रतिनिधित्व गरेका म्याराडोनाले अर्जेन्टिनाका लागि ९१ खेलमा ३४ गोल गरेका थिए । क्लबस्तरमा उनले बार्सिलोना र नापोलीबाट फुटबल खेलेका थिए । इटालियन टोलीबाट उनले दुईवटा सिरिए ए उपाधि समेत जितेका थिए ।
म्याराडोना फुटबल इतिहासकै महानतम खेलाडीमध्ये एक मानिन्छन् । विशेषगरी ब्राजिलका पेले र म्याराडोनामध्ये को महान् भन्ने बहस चलिरहन्छ । फिफाले सन् २००० मा शताब्दीकै उत्कृष्ट फुटबलरको चयनका लागि गरेको अनलाईन भोटिङमा उनले सर्वाधिक मत ल्याएका थिए । यो अवार्ड पेले र म्याराडोनालाई संयुक्त रुपमा प्रदान गरियो ।
उसले आफ्नो क्लब क्यारियरमा केवल बार्सिलोना र नेपोलीका लागि मात्रै खेले ।
प्रकाशित मिति २०७७ मंसिर ११ गते बिहीबार ०९:५१




