२०८३ साउन २१ गते बिहीबार

घरकै तार मिलाउदा करेन्ट लागेर मृत्यु

घरकै तार मिलाउदा करेन्ट लागेर मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असोज ५ गते शुक्रबार ०६:३०

व्यास नगरपालिका–११ मुलपानीका विरबहादुर तामाङको शुक्रबार करेन्ट लागेर मृत्यु भएको हो ।

पोखरा

तनहुँमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको व्यास नगरपालिका–११ मुलपानीका विरबहादुर तामाङको शुक्रबार करेन्ट लागेर मृत्यु भएको हो ।

शुक्रबार दिउँसो साढे २ बजे तामाङले आफ्नै घरमा बिजुलीको तार मिलाउने क्रममा करेन्ट लागेर घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी डिएसपी मोहनबहादुर खाँणले बताए ।

घाइते उनलाई उपचारका लाथि जिल्ला अस्पताल दमौली ल्याइएको थियो । उपचार क्रममा साँझ मृत्यु भएको डिएसपी खाँणले जानकारी दिए ।

घटनाको थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

प्रकाशित मिति २०८० असोज ५ गते शुक्रबार ०६:३०

हजुरको प्रतिक्रिया