२०८३ साउन २१ गते बिहीबार

एसियन गेम्सका लागि चीन जाने नेपाली क्रिकेट टोलीको बिदाइ

एसियन गेम्सका लागि चीन जाने नेपाली क्रिकेट टोलीको बिदाइ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असोज ७ गते आइतबार ०१:४५

नेपाली टिममा विकेटकिपर विनोद भण्डारी, आसिफ सेख, ब्याट्सम्यान कुशल भुर्तेल, रोहितकुमार पौडेल र सन्दीप जोरा, अलराण्डरमा दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, विवेक यादव, फास्ट बलरमा सोमपाल कामी, करण केसी, गुल्सन झा, प्रतिश जिसी र अविनाश बोहरा, स्पिनरमा सन्दीप लामिछाने छन् ।

एसियाडमा मेडल जित्ने लक्ष्य छः कप्तान पौडेल

काठमाडाैं
एशियन गेम्सका लागि चीन जाने नेपाली क्रिकेट टोलीको बिदाई गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीहरूले एक कार्यक्रमबीच खेलाडीहरुलाई बिदाइ गरेका हुन् ।

नेपालले २७ सेप्टेम्बरमा मंगोलिया र १ अक्टोबरमा माल्दिभ्ससँग खेल्नेछ ।

नेपालले समूह चरण पार गरेपछि भारत, पाकिस्तान, श्रीलंका वा बंगलादेशमध्ये कुनै देशसँग प्रतिस्पर्धा गर्नेछ ।

बिदाइ कार्यक्रममा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले राम्रो अभ्यास गरेको र मेडल जित्ने लक्ष्य आफूहरुको रहेको बताए ।

‘राम्रो अभ्यास गरेका छौँ । हामी सबैको लक्ष्य मेडल जित्ने छ,’ उनले भने, ‘त्यसका लागि सम्पूर्ण खेलाडीहरु रेडी छौँ । आउने दिनमा एकदमै राम्रो गर्नेछौँ ।’

खेलाडीहरुलाई बिदाइ गर्दै नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले आगामी दिनमा सबैले देख्नेगरी मनोबल कमजोर नहुने गरी आफूहरु लाग्ने आश्वासन दिए ।

नयाँ कार्यसमितिले खेलाडीको हौसला बढाउने गरी काम गर्ने उनको प्रतिवद्धता जनाए ।

अध्यक्ष चतुरले एसियाडमा हुने क्रिकेटमा मेडल जित्ने उच्च सम्भावना रहेकोसमेत बताए ।

‘पहिलाको भन्दा उत्कृष्ट रुपमा यो कार्य समितिले यहाँहरुको भावनाको कदर गर्दै आगामी दिनमा देखिने गरी मनोबल कमजोर नहुनेगरी हामी हौसला बढाउने छौं,’ उनले भने, ‘एसियाडको अग्रिम शुभकामना छ । हामी मेडलका लागि उच्च मनोबलका साथ खेल्नेछौँ । यसमा सम्भवना छ ।’

कार्यक्रममा क्यानका सचिव पारस खड्काले नेपाली क्रिकेटको नयाँ युगको सुरुआत गर्ने प्रयासमा आफूहरु रहेको बताए ।

कुनैपनि खेललाई सहज तरिकाबाट नलिन आग्रह गर्दै खेलले देश र जनतालाई एक ठाउँमा ल्याउने ठूलो भुमिका खेलेको उनको भनाइ थियो ।

देशलाई जिताउन नयाँ सोच र रणनीतिका साथ अघि बढ्ने उनले सुनाए ।

नेपाली टिममा विकेटकिपर विनोद भण्डारी, आसिफ सेख, ब्याट्सम्यान कुशल भुर्तेल, रोहितकुमार पौडेल र सन्दीप जोरा, अलराण्डरमा दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, विवेक यादव, फास्ट बलरमा सोमपाल कामी, करण केसी, गुल्सन झा, प्रतिश जिसी र अविनाश बोहरा, स्पिनरमा सन्दीप लामिछाने छन् ।

 

प्रकाशित मिति २०८० असोज ७ गते आइतबार ०१:४५
हजुरको प्रतिक्रिया