२०८३ असोज २४ गते शनिबार

एसियाली खेलकुदमा आज नेपाल जापानसँग खेल्दै

एसियाली खेलकुदमा आज नेपाल जापानसँग खेल्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असोज ८ गते सोमबार ०८:००

फिफाको महिला टिमको वरियतामा जापान आठौं स्थानमा रहेको छ भने नेपाल १०१ औंं स्थानमा छ ।

पोखरा

चीनमा जारी १९ औं एसियाली खेलकुदको महिला फुटबलमा नेपालले आज जापानसँग खेल्दै छ । नेपाली अनुसार आज अपरान्ह सवा ५ बजे खेल सुरु हुनेछ ।

नेपाल पहिलो खेलमा भियतनामसँग २–० गोल अन्तर पराजित भएको थियो । फिफाको महिला टिमको वरियतामा जापान आठौं स्थानमा रहेको छ भने नेपाल १०१ औंं स्थानमा रहेको छ ।

एसियन गेम्स अन्तर्गत नेपालले आफ्नो अन्तिम खेल बिहीबार बंगलादेशसँग खेल्नेछ ।

प्रकाशित मिति २०८० असोज ८ गते सोमबार ०८:००
हजुरको प्रतिक्रिया