२०८३ कात्तिक ११ गते मंगलबार

मणिपालमा महिलाको मृत्युपछि तनाब कायमै

मणिपालमा महिलाको मृत्युपछि तनाब कायमै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असोज ८ गते सोमबार ०६:४१

विरामीको अवस्थाबारे पनि जानकारी नदिइएको र अस्पतालको लापरबाहीकै कारण महिलको मृत्यु भएको भन्दै डा. अनिल शाहमाथि हातपात भएको प्रहरीले जनाएको छ ।

डाक्टरमाथि हातपात गर्ने एक जना नियन्त्रणमा

पोखरा

पोखराको मणिपाल शिक्षण अस्पतालमा डाक्टरमाति हातपात गरेको आरोपमा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । लमजुङबाट उपचारका लागि बिहान मणिपालमा ल्याइएकी ५७ वर्षीय महिलाको मृत्युभएपछि आफन्तजन आक्रोसित बनेका थिए ।

विरामीको अवस्थाबारे पनि जानकारी नदिइएको र अस्पतालको लापरबाहीकै कारण महिलाको मृत्यु भएको भन्दै डा. अनिल शाहमाथि हातपात भएको प्रहरीले जनाएको छ । हातपातमा संलग्न भएको आरोपमा प्रहरीले १ जनालाई नियन्त्रणमा लिएको छ । अहिले पनि अस्पताल तनाबग्रस्त नै छ ।

अस्पतालमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । जिल्ला प्रशासन कार्यालयसहित अस्पताल प्रशासन र विरामीका आफन्तबीच अहिले वार्ता भइरहेको भए पनि कुनै निश्कर्ष निस्किएको छैन । आक्रोसित भीडले डाक्टर शाहमाथि हातपात गरेकाक थिए भने अस्पतालका सिसासमेत फुटाइएको छ । ड्युटीमा रहेको डाक्टरमाथि हातपात भएपछि चिकित्सक पनि आक्रोसित बनेका छन् भने आफन्तले लापरबाही गरिएको र यथार्थ घटनाको जानकारी दिन माग गरिरहेका छन् ।

अहिले पनि वार्ता चलिरहेको छ र कुनै घटना नघटोेस् भनेर सुरक्षा कडा पारिएको कास्की प्रहरी प्रवक्ता श्रवणकुममार विकलेबताए ।

अस्पातालका निर्देशन कृष्णमोहन श्रेष्ठले अहिले वार्ता चलिरहेको तर टुंगोमा नपुगेको बताउँदै एक्कासी घटना घटेकाले यथार्थ बुझ्ने क्रममै रहेको जानकारी दिए ।

प्रकाशित मिति २०८० असोज ८ गते सोमबार ०६:४१
हजुरको प्रतिक्रिया