२०८३ साउन २१ गते बिहीबार

मुख्य समाचार

लमजुङमा डाक्टरमाथि वडाध्यक्षको मुक्का, वडाध्यक्षलाई पक्राउ गरी मुद्धा

लमजुङमा डाक्टरमाथि वडाध्यक्षको मुक्का, वडाध्यक्षलाई पक्राउ गरी मुद्धा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असोज ८ गते सोमबार ०९:११

वडाध्यक्षलाई पक्राउ गरी स्वास्थकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा ऐनविरीत कसुर गरेको आरोपमा सोमबार जिल्ला अदालतमा ५ दिनको म्याद थप भएकाे छ

पोखरा

लमजुङ वेसीसहर नगरपालिका वडा नम्बर ७ का अध्यक्ष ऋषि बस्नेतले जिल्ला अस्पतालमा कार्यरत डाक्टरमाथि मुक्का प्रहार गरेका छन् । रक्सीले मातेर आमाको उपचार गर्न पुगेका बस्नेतले अस्पताले गराउने मञ्जुरीनामाका विषयमा विवाद निकाल्दै डाक्डर सन्दीप अधिकारीमाथि मुक्का प्रहार गरेका हुन् ।

आमालाई डेंगी लागेर उपचार गराउन पुगेका वडाध्यक्ष बस्नेतले अपशब्द बोल्दै आइतबार राति १० बजे डाक्टरमाथि मुक्का प्रहार गर्दै कुर्ची उठाएरसमेत हान्न खोजेका थिए । कुर्ची हान्नबाट भने डा. अधिकारीका सहकर्मीले जोगाएका थिए ।

डाक्टरले आमाको सेतो रगत र ब्लड प्रेसरसमेत कम भएकाले भर्ना गरेर उपचार गराउन भनेका थिए । बस्नेतका आफन्तले आकस्मिक कक्षबाट वार्डमा पनि सारिसकेका थिए । तर, वडाध्यक्ष बस्नेत आएर मञ्जुरीनाका गर्दिनँ भन्दै विवाद सुरु गर्दै अपशब्द बोल्दै आफूमाथि मुक्का प्रहार गरेको डा. अधिकारीले बताए ।

कानुनी प्रक्रिया पूरा गर्नका लागि देशैभरिका अस्पतालमा गराइने मञ्जुरीनाका विषयमा आपत्ति जनाउँदै विवाद सिर्जना गरेका युवा यतिमै रोकिएनन् र डाक्टरमाथि नै मुक्का प्रहार गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विशाल तिवारीले जानकारी दिए ।

रोगबारे काउन्सिलिङ गरेर मञ्जुरीना गराउनुपर्ने नियम छ । मञ्जुरीनामाका यी समस्या आउन सक्छन् र कम्लिकेसनका बारेमा लेखिएको हुने तिवारीले बताए । डाक्टरमाथि हातपात भएपछि प्रहरीलाई खबर गरिएको थियो । वडाध्यक्ष भएकाले मिलाउने प्रयास भए पनि डाक्टरले जिउभनको असुरक्षाको कारण देखाउँदै जाहेरी नै दिएपछि वडाध्यक्ष पक्राउ परेका छन् ।

वडाध्यक्ष बस्नेतले रक्सी खाएको मेडिकल जाँचबाटै पुष्टि भएकोे थियो । बस्नेतले आफूले पनि रक्सी खाएको स्वीकारेका छन् ।

पक्राउ परेका वडाध्यक्षमाथि स्वास्थकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा ऐनविरीत कसुर गरेको आरोपमा सोमबार जिल्ला अदालतमा ५ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएकोे जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी स्थानेश्वर चपाईँले जानकारी दिए ।

प्रकाशित मिति २०८० असोज ८ गते सोमबार ०९:११
हजुरको प्रतिक्रिया