पोखरा
पहिलो पटक इन्टरनेसनल स्ट्यान्ड अप कमेडी शो हुने भएको छ ।
इन्डियन स्ट्यान्ड अप कमेडियन आकास मेहता यही सिलसिलामा नेपाल आएका छन् ।
पोखरा लेकसाइडको प्याराडिजो बारमा इन्डियन कमेडियन आकाश मेहताको शो रहने प्रचार नेपालका सञ्चालक आशिष पुरीले जानकारी दिए ।
कमेडियन आकाश मेहतासँगै नेपालका स्ट्यान्ड अप कमेडियन आयुष श्रेष्ठ र एलेन जंग थापाले दर्शकलाई हँसाउनेछन् ।
इन्टरटेन्टमेन्टको आयोजनामा हुने कार्यक्रम चितवन, पोखरा र काठमाडौंमा हुनेछ ।
कार्यक्रमसँगै इन्डियन कमेडियन आकाश मेहताको नेपाल टुर समेत हुने छ ।
कमेडीमा आफ्नो पहिचान बनाउन सफल कलाकारहरुको कमेडीले दर्शकलाई मनोरञ्जन दिनुका साथै नेपालको विभिन्न पर्यटकीय स्थानहरुको प्रचार प्रसार गर्नु कार्यक्रमको मुख्य उदेश्य रहेको आयोजक कमिटिका सदस्य सुमन भट्टराईले बताए ।
प्रचार नेपालले व्यवस्थापन गरेको कार्यक्रम चितवनमा सेप्टेम्बर २५ मा भइसकेको र पोखरामा २८ सेप्टेम्बरमा हुने छ ।
देवर्सको प्रस्तुति ‘लाफ एन्ड क्ल्याप’ को सहभागितामा हुने कार्यक्रम काठमाडौंमा ३० सेप्टेम्बरमा हुनेछ ।
कार्यक्रमको डकुमेन्ट्री भिडियो बनाएर बिभिन्न स्थानहरुको प्रचार गरिने प्रोडक्सन हेड तथा डकुमेन्ट्रीका निर्देशक सौगातमान सिंह बस्नेतले बताए ।
प्रकाशित मिति २०८० असोज ११ गते बिहीबार ११:१७




