२०८३ असोज २४ गते शनिबार

पृथ्वी राजमार्ग स्तरोन्नतीमा प्रयोग हुने रोलरबाट डिजल चोरी

पृथ्वी राजमार्ग स्तरोन्नतीमा प्रयोग हुने रोलरबाट डिजल चोरी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असोज ११ गते बिहीबार ०८:५१

इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट गस्तीमा खटिएको टोलीले उनीहरुलाई रंगेहात पक्राउ गरेको डिएसपी खाँणको भनाइ छ ।

पोखरा

पृथ्वी राजमार्ग स्तरोन्नतीमा प्रयोग हुने रोलरबाट डिजल चोरी भएको छ । डिजेल चोरी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय तनहुँले २ युवालाई पक्राउसमेत गरेको छ ।

बिहिबार विहान आँबुखैरेनी गाउँपालिका–२ ढाँपटारमा पार्किङ गरि राखेको चाइना कम्युनिकेशन कन्ट्रक्सन कम्पनीको रोलरबाट डिजल चोरी भएको हो ।

चोरीमा संग्लन बन्दीपुर गाउँपालिका–५ याम्पाका २७ वर्षीय सुलोचन भट्टराई र रुपन्देहीको तिलोत्तमा नगरपालिका–१० का रामबहादुर चमार पक्राउ परेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी डिएसपी मोहनबहादुर खाँणले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट गस्तीमा खटिएको टोलीले उनीहरुलाई रंगेहात पक्राउ गरेको डिएसपी खाँणको भनाइ छ ।

‘रोलरबाट ११० लिटर डिजल चोरी गरेर बा २० च ७४९ नम्बरको इसुजु हाइलक्स गाडीमा लोड गर्दै गरेको अवस्थामा पक्राय गरिएको हो’, डिएसपी खाँणले भने ।

पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत तनहुँबाट ७ दिनको म्याद थप गरेर थुनामा पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति २०८० असोज ११ गते बिहीबार ०८:५१
हजुरको प्रतिक्रिया