२०८३ कात्तिक ११ गते मंगलबार

यसरी टुंगियो देशै तरंगित पारेको मणिपालको तनाबः यस्ता छन् ६ बुँदे सहमति

यसरी टुंगियो देशै तरंगित पारेको मणिपालको तनाबः यस्ता छन् ६ बुँदे सहमति

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असोज १२ गते शुक्रबार ०८:२१

आक्रोसित चिकित्सक–आफन्तबीच तोडफोड, भनाभन र तनावपूर्णस्थिति हुँदै दुबै तर्फबाट चर्को विरोध प्रदर्शन भएको थियो भने अर्कोतर्फ लगातार वार्ता बस्दा पनि सहमति जुट्न सकेको थिएन

पोखरा

गत चैत ८ गते यता पोखराको मणिपाल शिक्षण अस्पतालको घटनाले देशै तरंगित पार्‍यो । लमजुङ वेसीसहरबाट उपचारका लागि ल्याइएकी ५७ वर्षीय सुकमाया दुराको मृत्युपछि मणिपालमा स्थिति तनावग्रस्त बनेको थियो ।

जिल्ला प्रशासन, प्रहरी, अस्पताल, पीडितका बीच लगातार भइरहेको वार्तापछि बिहीबार राति ६ बुँदे सहमति गर्दै आन्दोलन स्थगित भएको हो । ६ बुँदे सहमतिसँगै अस्पतालका चिकित्सक र आफन्तको आन्दोलन सकिएको छ भने मणिपालको सेवा पनि सुरु भएको छ ।

सुकमाया दुराको स्मृतिमा मणिपाल शिक्षण अस्पतालले दुरा गाँउ लमजुङको सुन्दरबजार नगरपालिकाभित्र सकेसम्म मृत्यु भएको मिति पारेर प्रत्येक वर्षको १ पटक १० वर्षसम्म विशिष्टिकृत चिकित्सकहरुबाट निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने पहिलो नम्बर बुँदामा सहमति भएको छ ।

दूरा सेवा समाज लमजुङ, दुरा समाज कास्की र स्थानीय सरकारको सिफारिसमा अल्पसंख्यक दुरा जातीको उपचारमा सहुलियत दिने अर्को सहमति भएको छ । मृतक दुराको मृत्युको अनुसन्धानमा दुबै पक्षले सहयोग गर्ने बताइएको छ ।

डाक्टरमाथि आक्रमणको आरोेपममा पक्राउ परी म्याद थप गरिएका विनय गुरुङ उपर दर्ता भएको कसूर मुद्दामा कानूनी रित पुर्याएर सहजीकरण गर्ने र आन्दोलनका कार्यक्रमस्थगित गर्न दुबै पक्ष राजी भएको सहमतिमा छ ।

कसरी बढ्यो घटनाक्रम ?

लमजुङ सुन्दरबजार वडा नम्बर ६ की ५७ वर्षीया सुकमाया दुराको उपचारको क्रममा असोज ८ गते मृत्यु भएको थियो । दुराको मृत्यु भएपछि मृतकका आफन्तले चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै डा.अनिल शाहमाथि आक्रमण गर्नुका साथै अस्पताल परिसरमा तोडफोड समेत गरेका थिए ।

चिकित्सकमाथि कुटपिट गर्नेलाई कानुनी कारबाही नभएसम्म आफूहरुले सुरक्षित भएर काम गर्न नसक्ने भन्दै त्यहाँ कार्यरत चिकित्सकहरुले गत सोमबारदेखि सेवा बन्दको घोषणा गरेर आन्दोलनमा उत्रिएका थिए ।

मृतकका आफन्तले दिनभर विरामीलाई डुलाएर अवस्थाबारे जानकारी नगराइएको, डाक्टरले लापरबाहीले ज्यान गएको भन्दै डा. अनिल शाहमाथि आक्रमण गरेपछि स्थिति बिथिलिएको हो । आक्रामणपछि चिकित्सकहरु पनि आक्रोसित भनेको थिए भने मृतकका आफन्तहरुले पोखराका धेरै युवाहरु मणिपाल अस्पतालमा उतारेर आन्दोलन गरेका थिए ।

आक्रोसित चिकित्सक–आफन्तबीच तोडफोड, भनाभन र तनावपूर्णस्थिति हुँदै दुबै तर्फबाट चर्को विरोध प्रदर्शन भएको थियो भने अर्कोतर्फ लगातार वार्ता बस्दा पनि सहमति जुट्न सकेको थिएन ।

डाक्टर कुटिएपछि देशभर चिकित्सकहरुले प्रदर्शन गरे भने आकस्मिकबाहेक सेवासमेत थप्प भएका थिए । मणिपालमा डाक्टरमाथि आक्रमण हुनु ठिक अघिल्लो दिन लमजुङ वेसीसहर अस्प्तालमा वडाध्यक्षबाटै डाक्टरमाथि मुक्का प्रहार भएको थियो ।

त्यसअघि पनि हेटौंडा, चितवन, काडमाठौं लगायात ठाउँमा चिकित्सकमाथि लगातार आक्रामण भएको घटना सार्वजनिक भएका थिए । मणिपालमा पनि त्यस्तै घटना दोहोरिएपछि चिकित्सकहरु आक्रामकमात्रै बनेनन्, देशभरि विरोध प्रदर्शन भए ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग चिकित्सकहरुकोे वार्ताले आक्रमण गर्नेलाई कारबाही गर्ने सहमति भएको थियो । पोेखरामा पनि सबै अस्पतालका आकस्मिकबाहेकका सेवा थप्प पारेका चिकित्सक आन्दोलनमा थिए भने उनीहरुले आक्रामण गर्नेलाई कडा कारबाही गर्न माग गर्दैै जिल्ला प्रशासन कार्यालयमा धर्ना तथा प्रदर्शनसमेत गरे ।

विरामीका आफन्तले भने ज्वरो आएर ल्याएको विरामी अस्पताल तथा डाक्टरको लापरबाहीकै कारण मृत्यु भएको भन्दै अस्पतालदेखि महेन्द्रपुलममा प्रदर्शन र चक्काजामसमेत गरेको थियो ।

आफन्तलाई तरुण दल तथा नेवि संघका नेताले पनि साथ दिएका थिए भने दूरा समाज पनि पछि आन्दोेलनमा उत्रिएको थियो । पोखरामा डनगिरी गर्नेहरुसमेत पछिल्लो समय अस्प्तालको विपक्षमा उभिएको आरोप लागेपछि आफन्तमाथि थप दबाब परेको थियो ।

सुरुमा अस्पतालका आक्रोसित डाक्टर र आफन्त दुबैबीच मुठभेडको अवस्था थियो । डाक्टरले बोटलदेखि गमलासम्म फालेका भिडियो पनि आइरहेका थिए भने मृतकको आफन्तको भीडमा पोखराका डनगिरी गर्नेसमेत ददेखिएका थिए । विद्यार्थी डाक्टरमार्फत उपचार गराएर अनइथिकल काम गरेको र समयमै विरामीका आफन्तलाई सबै जानकारी नगराएको आरोप अस्पतालमाथि थियो ।

प्रहरीले सोमबार नै डाक्टरमाथि आक्रामण गरेको आरोपमा पोखरा मालेपाटनका विनय गुरुङलाई प्रक्राउ गरेको थियो भने आन्दोलन गर्ने डाक्टरमाथि पनि प्रहरीले लाठी चार्ज गर्दै डा. दिनेश विकलाई प्रक्राउ गरेर भोलिपल्ट बिहान छाडेको थियो ।

विकमाथि कुटपितसमेत भएको थियो । त्यसको लगत्तै मणिपालमा आफन्त र चिकित्सकबीच तनाव कायमै रहेको अवस्थामा सुरक्षा व्यवस्थापन गर्न पुगेका इन्स्पेक्टर मदन श्रेष्ठले ‘डाक्टरलाई साफ चुटेर आएँ’ भन्दैै आक्रोसित भीडमै अभिव्यक्ति दिए ।

यो भिडियो प्रकाशित भएपछि चौतर्फी आलोचना भयो भने प्रशासनमाथि पनि ठूलो दबाब पर्‍यो ।

गृह मन्त्रालय आफैंले योे घटनामा एक्सन लियो र ‘डाक्टर चुटेर आएँ’ भन्ने डाक्टर निलम्वन गर्‍यो । सोही प्रकरणमा वैदान प्रहरी प्रमुख वेदप्रकाश जोशीलाई हेडक्वाटर काजमा तान्यो । वडा प्रहरी कार्यालय रामबजारको क्षेत्र पर्ने अस्पतालको तनाव व्यवस्थापनको कमाण्ड आफ्नोे क्षेत्र नै नपर्ने जोशीलाई दिइएको थियो ।

जिल्लाका डिएसपी आफैंले कमाण्ड सम्हाल्नुपर्नेमा कार्यक्षेत्र नै नपर्ने जोशीलाई खटाएर हेडक्वाटर तानिएपछि सुनियोजित भएकोसमेत गुनासो आइरहेको थियो । जोशीले पनि आफ्नोे कार्यक्षेत्रै नपर्ने ठाउँमा खटाएर आफूलाई राजनीति साँधिएको गुनासो गरेका थिए ।

पोखराको फेवा सिटी अस्पतालमा कार्यरत रहेर ऐक्यवद्धता जनाउन मणिपाल पुग्दा एक रात थुनामा परेका डा. विक आफैं माओवादी चिकित्सकहरुको संस्थाको नेतृत्व गरिरहेका थिए भने अर्का माओवादीका नेतासमेत रहेका अर्का डा. दीपक कोइरालाले त आफ्नै पार्टीको सरकार हुँदा पनि चिकित्सकले कुटाइ खानु परेको भन्दै राजीनामा नै दिएका थिए ।

पार्टीभित्रबाटै दबाब परेपछि श्रेष्ठको निलम्वन र जोशीलाई हेडक्वाटर तानिएको हो । श्रेष्ठलाई निलम्वन र जोशीलाई काजमा हेडक्वाटर तानिएको तथा बैदाममा राजेन्द्र श्रेष्ठलाई खटाएको गृह मन्त्रालयले विज्ञप्ति नै जारी गरेर बताएको थियो ।

प्रशासनमाथि चौतर्फी दबाब र आफ्नो मान्छे गुमाउनुको पीडा आफन्तलाई एकातिर हुँदा हुँदै अर्कोतिर राजनीति र स्वार्थको प्रश्न पनि उठ्ने चिन्ता थियो ।

प्रकाशित मिति २०८० असोज १२ गते शुक्रबार ०८:२१
हजुरको प्रतिक्रिया