२०८३ साउन २१ गते बिहीबार

बहाकोट कोटकालिका मन्दिरको जीर्णोदार

बहाकोट कोटकालिका मन्दिरको जीर्णोदार

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असोज १२ गते शुक्रबार ११:४८

बहाकोट कोटकालिकामा बडादसैंको महाअष्टमीको रातमा कालरात्रीको बिशेष पूजाअर्चना हुन्छ ।

पोखरा

बहाकोट कोटकालिका मन्दिरको जीर्णोदार गरिएको छ । स्याङजाको पुतलिबजार नगरपालिका–८ बहाकोटमा रहेको मन्दिरको जीर्णदार गरिएको हो ।

बाइसे राजा पृथ्वी वीर बिक्रम शाहको पालामा स्थापित बहाकोट कोटकालिका मन्दिरको पुननिर्माणसंगै ढलोटको मूर्ति राखिएको छ ।

१ करोड १ लाख ३५ हजार ८०८ रुपैया लागतमा मन्दिरको पुर्ननिर्माण गरेको मन्दिर निर्माण समितिका अध्यक्ष भरतकुमार रानाले बताए । पुतलीबजार नगरपालिकासँगै गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले मन्दिर पुर्ननिर्माणमा बजेट उपलब्ध गराएको थियो । स्थानीयसँगै चन्दातासँग आर्थिक संकलनसमेत गरेको रानाले जानकारी दिए ।

बहाकोट कोटकालिकामा बडादसैंको महाअष्टमीको रातमा कालरात्रीको बिशेष पूजाअर्चना हुन्छ । बडादसैंको नवमी र चैतेदसैंको अष्ठमीमा पञ्चवली सहित आउने भक्तजनको घुँइचो लाग्ने रानाले बताए ।

सिपाहीले मन्दिर अगाडि सुतिरहेको बाघलाई तरबारले काटेकाले बाघकाट र समयान्तरमा अपभ्रम्स हुँदै बहाकोट नाम रहन गएको किंवदन्ती छ । ‘सुतेकै बाघलाई सिपाहीले काटेकाले यहाँ मौला समेत सुताइएर राखिन्छ’, निर्माण समितिका अध्यक्ष रानाले भने, ‘मन्दिरमा बाघ काटेको मूर्ति बनाउने योजना बनाएका छौं ।’

बहाकोटसंग मिलिनियमट्रेक, कोल्मा, कैलाश गुफा र भारकोट स्तुपालाइ जोडेर पर्यटन प्रवद्र्धनसंगै आर्थिक बिकासमा अगाडि बढाउने वडाध्यक्ष इमबहादुर सेनले बताए । ‘बहाकोट आसपासको पर्यटकीय गतिविधीलाई टेवा प¥याएको पु¥याएको बहाकोट कालिकाको मन्दिर संरक्षणमा समेत सम्पूर्ण बहाकोटबासी जुट्नुपर्नेछ’, उनको भनाइ थियो ।

प्रकाशित मिति २०८० असोज १२ गते शुक्रबार ११:४८
हजुरको प्रतिक्रिया