२०८३ कात्तिक १० गते सोमबार

‘म मेरो मुटुलाई माया गर्छु, यसलाई धड्कन देउ’

‘म मेरो मुटुलाई माया गर्छु, यसलाई धड्कन देउ’

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असोज १२ गते शुक्रबार ०४:३६

वरिष्ठ मुटुरोग विशेषज्ञ डा.सूर्य देवकोटाले मुटुलाई स्वस्थ राख्न सके जीवन लामो हुने बताए ।

पोखरा

विश्व मुटु दिवसमा पोखरामा प्रभातफेरी निकालिएको छ । शुक्रबार विहान लेकसाइडको हल्लनचोकदेखि अम्बट फिस्टेल गेटसम्म प्रभातफेरी निकालिएको हो ।

स्वस्थ मुटु नेपाल, चरक मेमोरियल हस्पिटल र टाइगर ग्रुफ अफ पोखरा नेपालले प्रभातफेरीको आयोजना गरेको हो ।

¥यालीमा जनप्रतिनिधि,कर्मचारी, स्वास्थ्यकर्मी, खेलाडी, व्यवसायीको सहभागिता थियो । ¥यालीमा सहभागीले ‘म मेरो मुटुलाई माया गर्छु, यसलाई धड्कन देउ’, ‘शारीरिक सक्रियता, नियमित व्यायम, स्वस्थ मुटु’, ‘धुम्रपानले लिन्छ ज्यान’, ‘हरेक मुटुका लागि मुटुको प्रयोग’, ‘मुटु रोग विश्वव्यापी रुपमा मृत्युको प्रमुख कारण हो’, ‘स्वस्थ्य जीवनशैली नै हो स्वस्थ मुटुको आहार’, ‘हाम्रो स्वस्थ मुटु नै राष्ट्रको सम्बृद्धिको आधार हो’, लगायत जनचेतनामूलक प्लेकार्ड बोकेका थिए ।

प्रभातफेरि पछि भएको कार्यक्रममा वरिष्ठ मुटुरोग विशेषज्ञ डा.सूर्य देवकोटाले मुटुलाई स्वस्थ राख्न सके जीवन लामो हुने बताए । शरिरमा सबैभन्दा पहिला बन्ने अंग मुटु भएकाले माया गर्नुपर्ने बताए ।

‘अहिले हृदयघात अल्पायुमै मुत्यु हुने संसारभरीको एक नम्बर कारण हो । यसबाट जोगिन हामीले एकदम मेहनत गर्नुपर्छ’, उनले भने, ‘अस्वस्थकर खानपान त्याग्नुप¥यो । स्वस्थकर जीवनशैली अपनाउनुपर्छ ।’ सकरात्मक सोचले पनि मुटु जोगाउन सकिने उनको भनाइ छ ।

प्रकाशित मिति २०८० असोज १२ गते शुक्रबार ०४:३६
हजुरको प्रतिक्रिया