१४८ काे ज्यान गयाे, ४६७९ सक्रीय संक्रमित, ६८५९ निकाे भएर फर्के
पाेखरा । गण्डकी प्रदेशमा हालसम्म ११ हजार ६८६ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ । १ लाख ७ हजार ६०५ जनाकाे परिक्षणबाट साे संख्याका संक्रमित भेटिएका हुन् ।
प्रदेशभर हालसम्म ४ हजार ६७९ जना सक्रीय संक्रमित रहेका छन् भने हालसम्म ६ हजार ८५९ जना निकाे भएर घर फर्किसकेका छन् । प्रदेशभर हालसम्म काेराेना संक्रमणपछि १४८ जनाले ज्यान गुमाइसकेका छन् ।
पछिल्लाे २४ घण्टामा समग्र प्रदेशभर कुल ६१५ जनाकाे परिक्षण भएकाे र १३३ जना संक्रमित थपिएकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ । याे अवधीमा ११९ जना निकाे भएका छन् भने थप ४ जनाकाे ज्यान गएकाे छ ।
पछिल्लाे २४ घण्टामा कास्कीका ६९ जना, स्याङजाका १९ जना, बाग्लुङका १० जना, नवलपरासी पूर्व र गाेरखाका समान ९ जना, पर्वतका ८ जना, तनहुँका ६ जना, लमजुङका २ जना तथा म्याग्दीका १ जना संक्रमित थपिएका हुन् । पछिल्लाे २४ घण्टामा मनाङ र मुस्ताङमा कुनै संक्रमित भेटिएका छैनन् ।
यता, कास्कीमा हालसम्म ४ हजार ९३३ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ । हालसम्म १ हजार ५६६ जनाले काेराेना जितेका छन् भने कास्कीमा हाल ३ हजार २९१ सक्रीय संक्रमित रहेका छन् । कास्कीमा काेराेना संक्रमणपछि हालसम्म ७६ जनाले ज्यान गुमाइसकेका छन् ।
प्रकाशित मिति २०७७ मंसिर १२ गते शुक्रबार ०८:३४




