२०८३ असोज २३ गते शुक्रबार

‘मसान’ देखाउदै नाटक महोत्सवको मैजारो

‘मसान’ देखाउदै नाटक महोत्सवको मैजारो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असोज १२ गते शुक्रबार ०५:५४

महोत्सव अवधिभर पोखरा महानगरभरिका १४ र एउटा काठमाडौंको आमन्त्रित गरी १५ वटा नाटक देखाइएको महोत्सवका संयोजक परिवर्तनले बताए ।

पोखरा

‘मसान’ नाटक मञ्चनसँगै विद्यालयस्तरीय नाटक महोत्सवको बिट मारिएको छ ।

पोखरा विद्यालयस्तरीय नाटक महोत्सवको अन्तिम दिन शुक्रबार कास्की मोर्डनाइज्ड एकेडेमीका विद्यार्थीले ‘मसान’ मञ्चन गरेका हुन् ।

नाटककार गोपालप्रसाद रिमालले लेखेको यो नाटक नारवादी कथामा आधारित छ । अञ्जु दाहालले नाटकको निर्देशन गरेकी हुन् ।

नाटकमा आइसा संग्रौला, समिप केसी, श्रेया अधिकारी, बेबिना राइ, सुप्रिम श्रेष्ठ, भिमाम्सा तामाङ, निश्चल थापा, सम्यल कार्की, कृष्ण गुरुङ, हृदय गुरुङ लगायत कलाकारले अभिनय गरेका थिए । नाटकमा पोस्टर स्केच केशर गुरुङले तयार पारेका हुन् ।

पोखरा थियटरले बर्षेनी आयोजना गर्दै आइरहेको विद्यालयस्तरीय नाटक महोत्सव भदौ २७ गतेदेखि सुरु भएको हो ।

महोत्सव अवधिभर पोखरा महानगरभरिका १४ र एउटा काठमाडौंको आमन्त्रित गरी १५ वटा नाटक देखाइएको महोत्सवका संयोजक परिवर्तनले बताए ।

महोत्सवको पहिलो दिन हिलप्वाइन्ट माविको ‘शिलान्यास’ नाटकमार्फत सुरुवात गरिएको थियो ।

महोत्सवमा शिलन्यास, मसानसँगै भू..भू..भू भूत, भोला, कोही किन बर्बाद होस्, अँध्यारामा बाँच्नेहरु, कीर्तिपुरको युद्धमा, मुनामदन, पाठशाला, आँधीको मनोरम नृत्य, हिउँजस्ती गोरी, कर्मको फल, यति, बिर्सन नसकिने मान्छे मञ्चन भयो ।
काठमाडौंबाट आमन्त्रित काठमाडौं प्रज्ञा कुञ्ज स्कुलको खेल्ने बेला खेल्छौं, पढ्ने बेलामा पढ्छौं पनि मञ्चन भएको छ ।

पोखरा थिएटरले २०७६ सालमा पहिलो पटक पोखरा महानगरपालिकास्तरीय विद्यालय नाटक महोत्सव गरेको थियो । त्यसपछिको लगातार ३ संस्करण प्रदेशस्तरीय विद्यालय नाटक महोत्सव भयो । यसपटक फेरी पोखरा महानगरपालिका विद्यालयस्तरीय नाटक भएको हो ।

शिक्षण विधिको रुपमा विद्यालय नाटक नाराका साथ पाँचौ संस्करणको मैजारो गरिएको छ ।

प्रकाशित मिति २०८० असोज १२ गते शुक्रबार ०५:५४

हजुरको प्रतिक्रिया