२०८३ असोज २४ गते शनिबार

तनहुँमाथि कास्की ३७ रनले विजयी

तनहुँमाथि कास्की ३७ रनले विजयी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असोज १२ गते शुक्रबार ०६:५२

तनहुँका खेलाडीको फितलो प्रदर्शनले ६६ रन मात्रै जोड्न सफल भयो ।

पोखरा

कास्की जिल्ला क्रिकेट संघको आयोजनामा पोखरामा शुक्रबारदेखि कास्की र तनहुँबीच दुई श्रृंखलाको एक दिवसिय क्रिकेट प्रतियोगिता शुरु भएको छ ।

शुक्रबारको पहिलो खेलमा कास्कीले तनहुँलाई ३७ रनले पराजित गरेको छ ।

टस जितेर पहिले व्याटिङ गरेको कास्कीले २७ ओभरमा १०३ रनमा सम्पूर्ण विकेट गुमाएको थियो । कास्कीको तर्फबाट आदित्य थापाले सर्वाधिक ३६ रन बनाए ।

बलिङमा तनहुँका सिके पौडेल र एलिक श्रेष्ठले ३/३ विकेट लिए । जितका लागि १०४ रनको लक्ष्य पछ्याएको तनहुँका खेलाडीको फितलो प्रदर्शनले ६६ रन मात्रै जोड्न सफल भयो ।

तनहुँको तर्फबाट सचिन अधिकारीले १० रन जोडे ।

प्रतियोतिगामा ५ विकेट लिएका कास्कीका नितेश गिरी म्यान अफ द म्याच भए ।

प्रकाशित मिति २०८० असोज १२ गते शुक्रबार ०६:५२
हजुरको प्रतिक्रिया