पोखरा
पोखरामा सिट्रोन गाडीको आधिकारिक बिक्री शुरु भएको छ । नेपालका लागि सिट्रोन गाडीको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालिले पोखरा नयाँबजारमा नयाँ शोरुम बिस्तार गर्दै गाडी बिक्रिमा ल्याएको हो ।
एसएसएल मोटर्स कम्पनी प्रा.लिले ल्याएको याँ शोरुममा सिट्रोन ईसिथ्री र सिट्रोन सिथ्री मोडल बिक्रीका लागि उपलब्ध छन् ।
सन् १९१९ मा फ्रान्सेली नागरिक आन्द्रे गुस्तावेद्वारा स्थापित सिट्रोनले अन्वेषण र साहसलाई परिभाषित गर्ने कम्पनी बताउँछ । सिट्रोन ईसिथ्रिमा २९.२ केडबल्युएच ब्याट्री छ, ४२.५ किलोवाट मोटर पावर र १४३ एनएमको टर्कको साथ प्रभावशाली प्रदर्शन प्रदान गर्दछ । उक्त गाडीको लाइभ भेरियन्टको मूल्य ३२.९९ लाख र फील भेरियन्टको मूल्य ३४.९९ लाख छ ।
सिट्रोन ईभिको ब्याट्रीको आयु डीसी फास्ट चार्जरबाट गर्दा पनि धेरै समयसम्म टिक्ने कम्पनीको दाबी छ । कम्पनीले यो कारमा ७ वर्ष वा १ लाख ४० हजार किलोमिटरको ब्याट्री प्याकको वारेन्टी दिएको छ । यसमा दिइएको विद्युतीय मोटरमा ५ वर्ष वा १ लाख किलोमिटरको वारेन्टी छ ।
उपभोक्ताहरुको अत्याधिक मागलाई सम्बोधन गर्दै सिट्रोनले आफ्नो आईस मोडेल पनि उपलब्ध गराएको छ । बजारमा ३६.४९ लाखमा पाइने यी गाडीहरूमा अत्याधुनिक प्रविधि र शक्तिशाली प्रदर्शनको संयोजन छ ।
सांग्रिला मोटर्सले दशैं र तिहारको अवसरमा प्रमोशनल स्किम पनि ल्याएको छ । यस योजना अन्तर्गत, ग्राहकले आकर्षक छुट, निःशुल्क सडक कर, र एक वर्षभरीको लागि निःशुल्क बीमा लगायतका लाभ लिनसक्ने कम्पनीले जनाएको छ ।
प्रकाशित मिति २०८० असोज १२ गते शुक्रबार ०७:२०




