२०८३ साउन २१ गते बिहीबार

चीनबाट पोखरा विमानस्थलमा नियमित उडानबारे छलफल सकरात्मक छ: प्रधानमन्त्री

चीनबाट पोखरा विमानस्थलमा नियमित उडानबारे छलफल सकरात्मक छ: प्रधानमन्त्री

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असोज १३ गते शनिबार १२:४४

प्रधानमन्त्री दाहाल चीनसँगको व्यापार, लगानी, अन्तरदेशीय यातायात सञ्जाल र आर्थिक सामाजिक साझेदारी वृद्धि गर्दे लैजाने बारेमा छलफल भएको बताए ।

कोरला नाकामा चीनले पूर्वाधारमा सहयोग गर्ने सहमति

पोखरा

प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट सोझै हवाई उडान गर्ने र दुई देशको हवाई उडानबीच सहकार्य गर्न प्रोत्साहन गर्नेबारेमा सकारात्मक छलफल भएको बताएका छन् ।

शनिवार अमेरिका र चीन भ्रमणपछि स्वदेश फर्किएसँगै विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडानबारे चीन सकरात्मक रहेको बताए । साथै उनले मुस्ताङको कोरला नाका खोल्ने बारे छलफल भएको सुनाए । कोरला नाकामा चीनले पूर्वाधारमा सहयोग गर्ने सहमति भएको उनले बताए ।

प्रधानमन्त्री दाहाल चीनसँगको व्यापार, लगानी, अन्तरदेशीय यातायात सञ्जाल र आर्थिक सामाजिक साझेदारी वृद्धि गर्दे लैजाने बारेमा छलफल भएको बताए । उनले दुई देशबीच भएको समझदारीहरु र अन्तर्राष्ट्रिय मूल्य मान्यता र सिद्धान्तमा आधारित भइ अघि बढाउने सहमति भएको पनि जानकारी दिए ।

नेपालको आवश्यकताअनुसार चिनियाँ पक्षले अरनिको राजमार्ग मर्मत परियोजनाको चौथो चरण शुरु गर्ने सहमति भएको बताउँदै प्रधानमन्त्री दाहालले स्याँप्रुबेसी रसुवागढी रसडक मर्मतका लागि चिनियाँ पक्ष तयार भएको र हिल्सा सिमिकोट सडकको अध्ययन सम्भाव्यता अध्ययन गरी अघि बढाउन सहमत भएको जानकारी दिए ।

प्रधानमन्त्री दाहालले तिब्बत र नेपालको रेल, सडक, हवाईसेवा विद्युत प्रशारण लाइन सबै क्षेत्रबाट जोडेर ट्रान्स हिमालयन मन्टी डाइमेन्सनल कनेक्टीभिटीको विषयलाई व्यवहारमा उतार्नेबारेमा छलफल भएको र लासाबाट काठमाडौं हवाई सेवा पुनः सुचारु गर्नसमेत अनुरोध गरेको बताए ।

प्रकाशित मिति २०८० असोज १३ गते शनिबार १२:४४

हजुरको प्रतिक्रिया