२०८३ साउन २१ गते बिहीबार

सन्दिप लामिछानेलाई कोरोना संक्रमण पुष्टि

सन्दिप लामिछानेलाई कोरोना संक्रमण पुष्टि

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ मंसिर १३ गते शनिबार ०९:११

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई कोरोनाभाइरसकाे संक्रमण पुष्टि भएको छ । शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत सन्दीपले आफूलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्...

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई कोरोनाभाइरसकाे संक्रमण पुष्टि भएको छ । शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत सन्दीपले आफूलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

गत बुधबारबाट कोरोनाको लक्षण देखिएको बताउँदै सन्दीपले कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि आफू सेल्फ आइसोलेनमा बसेको बताएका छन् ।

आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको र आफू चाँडै मैदान फर्कने सन्दीपले विश्वास लिएका छन् । यसअघि नेपाली क्रिकेटका कप्तान ज्ञानेन्द्र मल्ल समेत कोरोना संक्रमित भएका थिए ।

प्रकाशित मिति २०७७ मंसिर १३ गते शनिबार ०९:११
हजुरको प्रतिक्रिया