२०८३ साउन २१ गते बिहीबार

पछि हट्यो निगम, पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता

पछि हट्यो निगम, पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असोज १४ गते आइतबार ०५:३९

प्रधानमन्त्रीको निर्देशन पछि निगमले बढाएको मूल्य भरे मध्यराति १२ बजेदेखि लागु हुने गरी फिर्ता लिएको हो ।

काठमाडौं । नेपाल आयल निगम, पेट्रोलियम पदार्थमा मुल्य बढाउने निर्णयबाट पछि हटेको छ ।

प्रधानमन्त्रीको निर्देशन पछि निगमले बढाएको मूल्य भरे मध्यराति १२ बजेदेखि लागु हुने गरी फिर्ता लिएको हो । गएराति १२ बजेदेखि पेट्रोलियम पदार्थको मुल्य बढाएको निगमले प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनबमोजिम मूल्यवृद्धि फिर्ता लिएको हो ।

निगमले प्रधानमन्त्रीको निर्देशनपछि आइतबार राति १२ बजेदेखि लागु हुने गरी लागु गरेको मूल्य वृद्धिको निर्णय फिर्ता निगमले विज्ञप्तिमार्फत जानकारी दिएको हो ।

‘स्वचालित मूल्य प्रणाली यथावत हुने गरी हाल भएको मूल्य वृद्धिलाई मूल्य स्थिरिकरण कोष तथा नेपाल सरकारबाट प्राप्त हुने रकमबाट समायोजन गर्ने गरी मूल्य वृद्धि गर्ने निणर्य आजै राती १२ः ०० बजेबाट लागु हुनेगरी फिर्ता गरिएको छ’, जारी विज्ञप्तीमा भनिएको छ ।

प्रकाशित मिति २०८० असोज १४ गते आइतबार ०५:३९
हजुरको प्रतिक्रिया