२०८३ साउन २१ गते बिहीबार

दशैंको टीकाको शुभसाइत बिहान ११ बजेर ०२ मिनेटमा

दशैंको टीकाको शुभसाइत बिहान ११ बजेर ०२ मिनेटमा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असोज १६ गते मंगलबार ०६:०१

विजयादशमीका दिन साइत खोजेर टीका लगाउनेका लागि बिहान ११:०२ बजेको साइत शुभ रहेको छ ।

पोखरा

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दसैँका विभिन्न साइत सार्वजनिक गरेको छ ।

असोज २८ गते आइबार बिहान ११:२९ बजे घटस्थापनाको साइत रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले जानकारी दिए ।

घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले ११:२९ बजेअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरेर घटस्थापना गर्नुपर्छ । असोज २९ गते सोमबार झण्डा फेर्ने साइत १०:१९ बजे रहेको छ । पश्चिम फर्केर झण्डा फेर्नुपर्ने उनले जानकारी दिए । कात्तिक २ गते बिहीबार पचली भैरव यात्रा गरिन्छ ।

कात्तिक ४ गते शनिबार फूलपाती परेको छ । कात्तिक ५ गते आइतबार महाअष्टमी, त्यसै राति कालरात्रिको पूजा गर्नुपर्ने समितिले जनाएको छ ।

कात्तिक ६ गते सोमबार महानवमी पर्व मनाइन्छ । कात्तिक ७ गते मंगलबार विजयादशमी पर्व परेको छ । घटस्थापनाका दिनदेखि पूजा आराधना गरिने देवीलाई बिहान १०:३७ बजे विसर्जन गरिने साइत छ ।

विजयादशमीका दिन साइत खोजेर टीका लगाउनेका लागि बिहान ११:०२ बजेको साइत शुभ रहेको छ । टीका लगाउने मानिस पश्चिम मोहडा फर्किनुपर्ने समितिले जनाएको छ । त्यस दिनदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गा भवानीको प्रसाद लगाउन सकिन्छ ।

प्रकाशित मिति २०८० असोज १६ गते मंगलबार ०६:०१
हजुरको प्रतिक्रिया