२०८३ साउन २१ गते बिहीबार

एमाले गण्डकीः २७ सदस्य निर्विरोध निर्वाचित

एमाले गण्डकीः २७ सदस्य निर्विरोध निर्वाचित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असोज १७ गते बुधबार ०७:०८

१ सय ६५ पदमा ३ सय ८२ जनाको उम्मेदवारी परेको थियो ।

पोखरा

नेकपा एमाले गण्डकी प्रदेश कमिटीमा २७ जना सदस्य सर्वसम्मत निर्वाचित भएका छन् । तोकिएको संख्या भन्दा बढी उम्मेदवारी नपरेपछि सर्वसम्मत भएका हुन् ।

१ सय ६५ पदमा ३ सय ८२ जनाको उम्मेदवारी परेको थियो । जसमा २७ सदस्य निर्वाचित भएपछि अब १३८ प्रतिनिधि छान्न मतदान हुनेछ ।

नेकपा एमाले गण्डकी प्रदेश कमिटीको अध्यक्षमा नवराज शर्मा र मायानाथ अधिकारीले उम्मेदवारी दिएका छन् ।

हालका अध्यक्ष शर्मा र केन्द्रीय सदस्य अधिकारीले अध्यक्षमा उम्मेदवारी दिएका हुन् ।

शर्मालाई उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र अधिकारीलाई स्थायी कमिटी सदस्य खगराज अधिकारी पक्षको समर्थन छ ।

म्याग्दिका नवराज शर्मा प्यानलबाट उपाध्यक्षमा स्याङ्जाका मीनप्रसाद गुरुङ, सचिवमा हालका सचिव लमजुङका धनञ्जय दवाडी र उपसचिवमा कास्किका दामबहादुर विक र महिला उपसचिवमा पर्वतकी मञ्जु अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् ।

मायानाथ पक्षधरबाट उपाध्यक्षमा नवलपुरका बाबुराम विक, सचिवमा कास्कीका रश्मि आचार्य, उपसचिवमा म्याग्दीका सन्तोष रावल र महिला उपसचिवमा कास्किकी मीना गुरुङले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै, उपसचिवमा स्याङजाका अर्जुनकुमार सुनामले पनि मनोनयन दर्ता गराएका छन् ।

सोमबार अम्मरसिंहचौरुबाट सुरु भएको गण्डकी प्रदेश अधिवेशनमा बुधबार पनि मतदान हुन सकेन । बिहिबार मतदान हुने निर्वाचन कमिटीले जानकारी दिएको छ । अधिवेशनमा प्रदेशका ११ जिल्लाबाट ९०७ प्रतिनिधि सहभागी छन् ।

निर्विरोध भएका सदस्यहरु

आदिवासी जनजाति महिला
– जोगमाया महतो
– निर्मला थापा
– लालसुब्बा गुरुङ

अल्पसंख्यक महिला
– सुनकुमारी भुजेल घर्ती

गोरखा १ (संघीय निर्वाचन क्षेत्र भूगोल)
– टिकानारायण श्रेष्ठ

गोरखा २ (संघीय निर्वाचन क्षेत्र भूगोल)
– हरिप्रसाद काफ्ले

बाग्लुङ १ (संघीय निर्वाचन क्षेत्र भूगोल)
– लिला राणा

बागलुङ २ (संघीय निर्वाचन क्षेत्र भूगोल)
– टंकप्रसाद शर्मा पौडेल

मनाङ (संघीय निर्वाचन क्षेत्र भूगोल)
– चिन घले

प्रदेश मजदुर (महिला)
– संगिता पाण्डे

जिल्ला भूगोल दलित (नवलपुर)
– कृष्णबहादुर विक

जिल्ला भूगोल खुल्ला (मनाङ)
– बाबुराम नेपाली
– पेम्बा घले

जिल्ला भूगोल खुल्ला (मुस्ताङ)
– हेमेन्द्र शेरचन

जिल्ला भूगोल महिला (मुस्ताङ)
– शर्मिला गुरुङ

लमजुङ जिल्ला भूगोल खुल्ला
– प्रेमबहादुर घले
– फूलबहादुर थापा

लमजुङ जिल्ला भूगोल महिला
– लक्ष्मी अधिकारी
– विष्णुमाया राना

जिल्ला लमजुङ दलित
– नन्दराम विश्वकर्मा

संघीय निर्वाचन क्षेत्र भूगोल मुस्ताङ
– इन्द्रधारा विष्ट

संघीय निर्वाचन क्षेत्र भूगोल म्याग्दी
– हरिकृष्ण श्रेष्ठ

जिल्ला भूगोल म्याग्दी
– किरण सापकोटा

जिल्ला भूगोल दलित म्याग्दी
– पुष्कर विक

जिल्ला भूगोल दलित मुस्ताङ
– तिलक विक

लेखा समिति
महिला सदस्य
मन्जु केसी
रेखा पौडेल

प्रकाशित मिति २०८० असोज १७ गते बुधबार ०७:०८
हजुरको प्रतिक्रिया