२०८३ साउन २१ गते बिहीबार

एमालेको गण्डकी अधिवेशनको मतदानमा ८८७ मत खस्यो, आजै नतिजा आउने

एमालेको गण्डकी अधिवेशनको मतदानमा ८८७ मत खस्यो, आजै नतिजा आउने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असोज १८ गते बिहीबार ०९:१९

पोखरा एमालेको गण्डकी प्रदेश प्रथम अधिवेशनबाट नयाँ कार्यसमितिका लागि भएको मतदानमा कुल ८ सय ८७ मत खसेको छ । कुल ९ सय ७ जना प्रतिनिधि रहेको मेसिनमार्फत भर्खरै मतदान सकिएको र केही समयमै नतिजा पनि सार्वजनिक हुने निर्वाचन अधिकृत सुरेन्द्र...

पोखरा

एमालेको गण्डकी प्रदेश प्रथम अधिवेशनबाट नयाँ कार्यसमितिका लागि भएको मतदानमा कुल ८ सय ८७ मत खसेको छ ।

कुल ९ सय ७ जना प्रतिनिधि रहेको मेसिनमार्फत भर्खरै मतदान सकिएको र केही समयमै नतिजा पनि सार्वजनिक हुने निर्वाचन अधिकृत सुरेन्द्र थापामगरले जानकारी दिए ।

गण्डकीमा नयाँ नेतृत्वका लागि उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र महासचिव शंकर पोखरेल, स्थायी कमिटी सदस्य खगराज अधिकारी पक्षधर प्यानलै बनाएर चुनावमा होमिएका छन् ।

पृथ्वीसुब्बा पक्षधरबाट अध्यक्षमा नवराज शर्मा, उपाध्यक्ष मीनप्रसाद गुरुङ, सचिव धनञ्जय दवाडी र उपसचिव दामबहादुर विक तथा मञ्जुदेवी अधिकारी छन् ।

खगराज पक्षबाट अध्यक्षमा मायानाथ अधिकारी, उपाध्यक्षमा बाबुराम सुनार, सचिवमा रश्मी आचार्य, उपसचिवमा सन्तोष रावल र मीना गुरुङ छन् ।

 

प्रकाशित मिति २०८० असोज १८ गते बिहीबार ०९:१९
हजुरको प्रतिक्रिया