पोखरा
पोखरा ९ न्यूरोडस्थित रिडर्स कर्नरमा किताब मेला सुरू भएको छ ।
नयाँ तथा पुराना किताब किन्दा विशेष छुटसहित किताब मेला सुरू भएको हो ।
रिडर्स कर्नरका सञ्चालक विजय भण्डारीले असोज २१ गतेदेखि कात्तिक ४ गतेमसम्म किताब मेला चल्ने जानकारी दिए ।
रिडर्स कर्नरले हरेक वर्ष दसैं तिहारलगायत चाडपर्व केन्द्रित गरी किताब मेला गर्र्दै आएको उनको भनाइ छ ।
‘रिडर्स कर्नरमा यसअघिका वर्षमा पनि किताब मेला हुँदै आएको छ । यो छैटौँ किताब मेला हो,’ उनले भने, ‘चाडबाडलाई किताब विशेष बनाऔँ भनेर किताबप्रेमीलाई केही सहुलियतसहित किताब मेला सुरू गरेका छौं ।’
भण्डारीका अनुसार किताब खरिद गर्दा विभिन्न छुटको व्यवस्था छ ।
१ हजार ९ सय ९९ रूपैयाँको किताब खरिद गर्दा १० प्रतिशतसम्म छुट, २ हजारदेखि ३ हजार ४ सय ९९ रूपैयाँसम्मको किताब खरिद गर्दा १५ प्रतिशत छुट पाइनेछ ।
३ हजार ५ सयदेखि ४ हजार ९ सय ९९ रूपैयाँसम्मको किताब खरिद गर्दा २० प्रतिशत छुट र लक्की ड्र मार्फत एउटा किताब सित्तैमा पाइनेछ ।
यस्तै, ५ हजार रूपैयाँभन्दा धेरैको पुस्तक खरिद गर्दा २५ प्रतिशत छुट र २ वटा किताब सित्तैमा पाइनेछ।
पुस्तकालयले किताब खरिद गर्दा १० हजारदेखि २५ हजार ९ सय ९९ नेपाली साहित्यको किताब खरिदमा २० प्रतिशत र अंग्रेजी किताब खरिद गर्दा १५ प्रतिशतसम्मको छुट पाइनेछ ।
२६ हजारदेखि ४९ हजार ९ सय ९९ रूपैयाँसम्मको नेपाली साहित्यको किताब खरिद गर्दा २५ प्रतिशत र अंग्रेजी साहित्यको किताब खरिद गर्दा २० प्रतिशत छुट पाइनेछ ।
५० हजारदेखि माथिको नेपाली साहित्यको किताब खरिदमा ३० प्रतिशत र अंग्रेजी साहित्यको किताब खरिद गर्दा २५ प्रतिशत छुट पाइनेछ ।
भण्डारीले कर्नरमा उपलब्ध किताबहरूमध्ये मेलामा केही किताब खरिदमा ५० प्रतिशतसम्म छुटमा बिक्रिका लागि राखिएको छ ।
प्रकाशित मिति २०८० असोज २१ गते आइतबार ०४:५०




