२०८३ कात्तिक ११ गते मंगलबार

काेराेनाका कारण पाेखरामा थप ४ जनाकाे ज्यान गयाे

काेराेनाका कारण पाेखरामा थप ४ जनाकाे ज्यान गयाे

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ मंसिर १३ गते शनिबार ०५:२०

पाेखरा । काेराेना भाइरसकाे संक्रमणपछि पाेखरामा थप ४ जनाकाे ज्यान गएकाे छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पाेखराका थप २ जना तथा तनहुँ र लमजुङका एकएक जना गरि ४ जनाकाे ज्यान गएकाे हाे । पाेखरा महानगरपालिका १५ का ५२ बर्षीय...

प्रदेशभर ज्यान गुमाउनेकाे संख्या १५२ पुग्याे

पाेखरा । काेराेना भाइरसकाे संक्रमणपछि पाेखरामा थप ४ जनाकाे ज्यान गएकाे छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पाेखराका थप २ जना तथा तनहुँ र लमजुङका एकएक जना गरि ४ जनाकाे ज्यान गएकाे हाे ।

पाेखरा महानगरपालिका १५ का ५२ बर्षीय संक्रमित पुरूषकाे पाेखराकाे गण्डकी मेडिकल कलेजमा उपचारकै क्रममा शुक्रबार ज्यान गएकाे हाे । यस्तै, पाेखरा १० का ६९ बर्षीय संक्रमित पुरूषकाे पनि साेहि अस्पतालमा शुक्रबार नै ज्यान गएकाे निर्देशनालयले जनाएकाे छ ।

यता, तनहुँ जिल्ला रिसिङ नगरपालिका ८ की ७८ बर्षीय महिलाकाे शुक्रबार बेलुकी पाेखराकै मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा ज्यान गएकाे छ ।

यस्तै, सनिबार पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पाेखरामा उपचाररत लमजुङ मध्यनेपाल नगरपालिका ६ का ८५ बर्षीय संक्रमित पुरूषकाे निधन भएकाे छ ।

यससंगै काेराेना भाइरसकाे संक्रमणका कारण गण्डकी प्रदेशमा ज्यान गुमाउनेकाे संख्या १५२ पुगेकाे छ ।

प्रकाशित मिति २०७७ मंसिर १३ गते शनिबार ०५:२०
हजुरको प्रतिक्रिया