२०८३ साउन २१ गते बिहीबार

प्रदेश खेलकुद परिषद गण्डकीको छैटौं बोर्ड बैठक: पदक सम्बन्धी कार्यविधि पारित

प्रदेश खेलकुद परिषद गण्डकीको छैटौं बोर्ड बैठक: पदक सम्बन्धी कार्यविधि पारित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असोज २३ गते मंगलबार १०:१६

प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले खेलकुदको संस्थागत विकासका लागि कार्यविधि र मापदण्ड महत्वपूर्ण कडीको रहेको बताए ।

अब प्रदेश खेलाडीलाई मान पदवी दिन सक्ने

पाेखरा

ले पदक स्थापना तथा सञ्चालन कार्यविधि पारित गरेको छ । कार्यविधि पारित भएसँगै अब गण्डकी प्रदेश खेलकुद परिषदले खेलाडीलाई पदक तथा सम्मान दिन सक्ने छ ।

सामाजिक विकास तथा स्थास्थ्य मन्त्री सुशीला सिंखडाको अध्यक्षतामा भएको बैठकमा दुई वटा कार्यविधिसंगै खेल संघ दर्ता, नविकरण तथा संचालन सम्बन्धि मापदण्ड २०८० पनि पारित भएको छ । बैठकले पारित गरेका दुई वटा महत्वपूर्ण कार्यविधिमा गण्डकी प्रदेश खेलकुद खेलाडी कल्याण कोषको स्थापना र सञ्चालन सम्बन्धि कार्यविधिसमेत पारित गरेको छ । खेलाडीको जीवन रक्षा तथा कल्याण्ढाका निम्ति कोष स्थापना र सञ्चालन गर्न यसले बाटो खुलेको छ ।

प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले खेलकुदको संस्थागत विकासका लागि कार्यविधि र मापदण्ड महत्वपूर्ण कडीको रहेको बताए । मन्त्री सिम्खडाले परिषदका सदस्यहरुलाई प्रदेशको खेलकुद विकासका लागि आ–आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गर्दै मन्त्रालयकोतर्फबाट पूर्ण सहयोग रहने बताइन् ।

खेलकुद विकासमा रहेका कुनै पनि समस्याहरु फुकाउन आफू तयार रहेको बताउँदै मन्त्री सिम्खडाले विभिन्न समस्याका कारण खेल क्षेत्रबाट टाढिएका र समस्यामा रहेकाहरुलाई समेत समेटेर अघि बढ्न सके खेलकुद अझै प्रभावकारी हुने उल्लेख गरिन् । बैठकमा मन्त्रलयका सचिव बद्रिनाथ अधिकारीले खेलकुदलाई अनुशासित र मर्यादित बनाउन अझै योजनावद्ध रुपमा अघि बढ्नुपर्ने बताए ।

प्रदेशका ११ वटै जिल्लाहरुमा सम्भावित खेलहरुको विकास गर्नु पर्ने उल्लेख गर्दै उनले खेलकुदमा लगानी बढाउने विषयमा प्रमुखताका साथ आवाज समेत उठाउनु पर्नेमा जोड दिए ।

प्रकाशित मिति २०८० असोज २३ गते मंगलबार १०:१६
हजुरको प्रतिक्रिया