२०८३ असोज २४ गते शनिबार

विश्वकप छनोट: नेपालले भोलि लाओससँग खेल्दै

विश्वकप छनोट: नेपालले भोलि लाओससँग खेल्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असोज २४ गते बुधबार ०२:१६

यो खेल आफ्ना लागि पनि अवसर भएको बताएका उनले भने ‘यो मरो पनि पहिलो विश्वकप छनोट हो । मैले आफ्नो तर्फबाट शत प्रतिशत दिने प्रयास गरेको छु ।’

लाओससंगको खेलका लागि तयार: कप्तान चेम्जोङ

पाेखरा

नेपालले भोलिदेखि सुरु हुने आफ्नो विश्वकप छनोटका लागि तयार रहेको जनाएको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा नेपाली टोलीका प्रशिक्षक र कप्तान दुबैले नेपाल खेलका लागि तयार रहेको बताएका हुन् ।

भोली साँझ लोओसविरुद्ध खेल्दै नेपालले विश्वकप छनोटको यात्रा सुरु गर्नेछ । यसका लागि नेपाली टिम तयार रहेको प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसेले बताए ।

यो खेल आफ्ना लागि पनि अवसर भएको बताएका उनले भने ‘यो मरो पनि पहिलो विश्वकप छनोट हो । मैले आफ्नो तर्फबाट शत प्रतिशत दिने प्रयास गरेको छु ।’

 

नेपाल र लाओसबीचको खेल भोलि साँझ साढे ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । खेलको अघिल्लो दिन आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक एनेसेले टिममा रहेका नयाँ र उर्जावान युवाहरुले राम्रो प्रर्दशन गर्नेमा आशाबादी रहेको बताएका उनले भने, ‘अहिले धेरै भन्न चाहन्न, भोलि देखाउँछु ।’

राष्ट्रिय टिमका कप्तान किरण चेम्जोङले यो पटक लामो तयारी गरेको बताए । लाओसले पनि राम्रो तयारी गरेको र टिममा केही परिर्वतन ल्याएको भन्दै उनले त्रिदेशीय कपमा जस्तो नहुने बताए ।

चैतमा भएको त्रिदेशीय समूह चरणमा २–० ले जितेको नेपालले फाइनलमा २–१ को जित हात पारेको थियो ।

 

प्रकाशित मिति २०८० असोज २४ गते बुधबार ०२:१६
हजुरको प्रतिक्रिया