२०८३ कात्तिक ११ गते मंगलबार

पोखराका २६ रुपा गाउँपालिकाका ८ सहित एकाबिहानै गण्डकी प्रदेशमा ७७ संक्रमित थपिए

पोखराका २६ रुपा गाउँपालिकाका ८ सहित एकाबिहानै गण्डकी प्रदेशमा ७७ संक्रमित थपिए

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ मंसिर १४ गते आइतबार ११:४३

पोखरा । आइतबार एकाबिहानै गण्डकी प्रदेशका थप ७७ जनामा काेराेना भाइरसको संक्रमण पुष्टि भएको छ । यससंगै समग्र प्रदेशभर करिब १२ हजार जनामा संक्रमण पुष्टि भएको छ । प्रदेशभर हालसम्म ११ हजार ९३९ जनामा संक्रमण पुष्टि भइसकेको छ । आइतबार...

पोखरा । आइतबार एकाबिहानै गण्डकी प्रदेशका थप ७७ जनामा काेराेना भाइरसको संक्रमण पुष्टि भएको छ । यससंगै समग्र प्रदेशभर करिब १२ हजार जनामा संक्रमण पुष्टि भएको छ । प्रदेशभर हालसम्म ११ हजार ९३९ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

आइतबार थप हुने संक्रमितहरुमा कास्कीको रुपा गाउँपालिकाका ८ जना तथा पोखरा महानगरपालिकाका २६ जनासहित कुल ३४ जना, गोरखाका १८ जना, नवलपरासी पूर्वका १२ जना, तनहुँका ९ जना,  लमजुङ् र पर्वतमा समान २ जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यो प्रदेश स्वास्थ्य निर्देशनालयले आइतबार बिहान जारी गरेको पहिलो विज्ञप्ती अनुसारको तथ्याङ्क मात्र हो ।

प्रकाशित मिति २०७७ मंसिर १४ गते आइतबार ११:४३
हजुरको प्रतिक्रिया