२०८३ साउन २१ गते बिहीबार

काेराेनाका कारण आइतबार पाेखरामा थप २ काे ज्यान गयाे

काेराेनाका कारण आइतबार पाेखरामा थप २ काे ज्यान गयाे

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ मंसिर १४ गते आइतबार ०२:४६

पाेखरा । आइतबार पाेखरामा काेराेना भाइरसकाे संक्रमणपछि थप २ जनाकाे ज्यान गएकाे छ ।  यससंगै गण्डकी प्रदेशमा काेराेना भाइरसकाे संक्रमणका कारण ज्यान गुमाउनेकाे संख्या १५४ पुगेकाे छ । पाेखरा महानगरपालिका वडा नं. ११ का ६० बर्षीय संक्रमित...

प्रदेशभर ज्यान गुमाउनेकाे संख्या १५४ पुग्याे

पाेखरा । आइतबार पाेखरामा काेराेना भाइरसकाे संक्रमणपछि थप २ जनाकाे ज्यान गएकाे छ ।  यससंगै गण्डकी प्रदेशमा काेराेना भाइरसकाे संक्रमणका कारण ज्यान गुमाउनेकाे संख्या १५४ पुगेकाे छ ।

पाेखरा महानगरपालिका वडा नं. ११ का ६० बर्षीय संक्रमित पुरूषकाे आइतबार (आज) बिहान उपचारकै क्रममा पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएकाे हाे ।  मृतकमा गत ७ गते काेराेना पुष्टि भएकाे थियाे । नीज हाइपरटेन्सन, काेभिड निमाेनिया तथा मुटु सम्वन्धी समस्यामा रहेकाे प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ ।

यता, पाेखरा १९ का ५७ बर्षीय काेराेना संक्रमित पुरूषकाे शुक्रबार बेलुका गण्डकी मेडिकल कलेज पाेखरामा उपचारकै क्रममा निधन भएकाे छ । मृतकमा गत ११ गते काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे थियाे ।

प्रकाशित मिति २०७७ मंसिर १४ गते आइतबार ०२:४६
हजुरको प्रतिक्रिया