२०८३ साउन २१ गते बिहीबार

एकदिवसीय विश्वकप : सस्तैमा समेटियाे पाकिस्तान

एकदिवसीय विश्वकप : सस्तैमा समेटियाे पाकिस्तान

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असोज २७ गते शनिबार ०६:००

आईसीसी एकदिवसीयकाे जारी विश्वकपमा भारतविरूद्दकाे खेलमा पाकिस्तान सस्तैमा समेटिएकाे छ । भारतका बलरहरूले शानदार प्रदर्शन गरेकाे खेलमा टस हारेर व्याटिङकाे निम्ताे पाएकाे पाकिस्तान ४२. ५ ओभरमा १९१ रन बनाउँदै अल आउट भयाे । पाकिस्तानलाइ...

आईसीसी एकदिवसीयकाे जारी विश्वकपमा भारतविरूद्दकाे खेलमा पाकिस्तान सस्तैमा समेटिएकाे छ । भारतका बलरहरूले शानदार प्रदर्शन गरेकाे खेलमा टस हारेर व्याटिङकाे निम्ताे पाएकाे पाकिस्तान ४२. ५ ओभरमा १९१ रन बनाउँदै अल आउट भयाे ।

पाकिस्तानलाइ सस्तैमा समेट्न भारतका सवै बलरहरूले शानदार प्रदर्शन गरे । भारतका लागि जसप्रित बुमराह, हार्दिक पाण्ड्या, रबिन्द्र जडेजा, माेहम्मद सिराज र कुलदीप यादवले समान २/२ विकेट लिए भने २ ओभर बलिङ गरेर १२ रन दिएका शार्दुल ठाकुर विकेटविहिन रहे ।

पाकिस्तानलाई ओपनर इमाम उल हक र अब्दूल्लाह शफिकले ८ ओभरमा ४१ रन जोड्दै राम्रो सुरुवात दिलाएका थिए। तर एकपछि गर्दै अर्काे सफलता हात पारेका भारतीय बलरसामू पाकिस्तानी टिम निरिह देखियाे । पाकिस्तानका लागि कप्तान बाबर आजमले ५० र माेहम्मद रिजवानले ४९ रन बनाए भने इमाम उल हकले ३६, अब्दुल्लाह सफिकीले २० र हसन अलिले १२ रन जाेडे । अन्य ब्याट्सम्यानले दाेहाेराे अंक जाेडन सकेनन र पाकिस्तान सस्तैमा समेटियाे ।

अहमादाबादस्थित नरेन्द्र मोदी स्टेडियममा जारी खेलमा भारत केहि समयपश्चात ब्याटिङमा उत्रिने छ ।

यी दुवै राष्ट्रले पहिलो संस्करणदेखि नै एकदिवसीय विश्वकपमा सहभागिता जनाउँदै आएका छन् । त्यसैले यी दुवै राष्ट्रको विश्वकपमा यो १३औँ सहभागिता हो । भारत र पाकिस्तान दुवै एकदिवसीय विश्वकपको पूर्वविजेता पनि हुन् ।

प्रकाशित मिति २०८० असोज २७ गते शनिबार ०६:००
हजुरको प्रतिक्रिया