२०८३ असोज २३ गते शुक्रबार

पेट्रोलको मूल्य प्रतिलिटर ११ र डिजेलको मूल्य लिटरमा ५ रुपैयाँ घट्यो

पेट्रोलको मूल्य प्रतिलिटर ११ र डिजेलको मूल्य लिटरमा ५ रुपैयाँ घट्यो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असोज २८ गते आइतबार ०७:५१

भारतबाटै घटेर आएका कारण मूल्य समायोजन

पोखरा

नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ ।

आइतबार राति १२ बजेदेखि लागु हुनेगरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ १८ पैसा र डिजेलको मूल्य लिटरमा ५ रुपैयाँ ०३ पैसाले घटाएको हो ।

भारतीय आयल कर्पोरेसन आइओसीबाट घटेर नयाँ मूल्य प्राप्त भएका कारण मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७३ रुपैयाँमा झरेको छ भने डिजेलको प्रतिलिटर मूल्य १६८ रुपैयाँ पर्नेछ ।

प्रकाशित मिति २०८० असोज २८ गते आइतबार ०७:५१
हजुरको प्रतिक्रिया