२०८३ साउन २१ गते बिहीबार

दशैंतिहारको लागि आजदेखि नयाँ नोट साट्न पाइने

दशैंतिहारको लागि आजदेखि नयाँ नोट साट्न पाइने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असोज २९ गते सोमबार ०७:५७

सर्वसाधारणले क्युआर कोडमार्फत पनि नोट साट्न पाउने राष्ट्र बैंक क्षेत्रीय कार्यालय पोखरा निर्देशक आर्या जोशीले जानकारी दिइन् ।

पोखरा

दशैं तिहार र छठ पर्वको लागि नेपाल राष्ट्र बैंकले आजदेखि नयाँ नोट सटही सुविधा दिने भएको छ । राष्ट्र बैंक पोखरा कार्यालयले पनि आजदेखि दशैंतिहारका लागि सर्वसाधारणलाई नयाँ नोट सटही गर्ने सुविधा सुरु गर्दैछ ।

विभिन्न बैंकहरुबाट नयाँ नोट सटहीका लागि उपलब्ध गराइसकेको राष्ट्र बैंकले आजदेखि क्षेत्रीय कार्यालयबाट सटहीको सुविधा दिन लागेको हो । सर्वसाधारणले क्युआर कोडमार्फत पनि नोट साट्न पाउने राष्ट्र बैंक क्षेत्रीय कार्यालय पोखरा निर्देशक आर्या जोशीले जानकारी दिइन् ।

राष्ट्र बैंक पोखरा कार्यालयबाट सर्वसाधारणले विदेशी मुद्रा खरिद, सिक्का खरिद तथा नयाँ÷सुकिलो नोट लिँदा क्युआर कोड मार्फत् भुक्तानी गरी कारोबार गर्न सक्ने व्यवस्था थालिसकेको छ । नेपाल राष्ट्र बैंक पोखरा कार्यालयले माछापुच्छ«े बैंक लिमिटेडसँग सम्झौता गरी सेवा सञ्चालनमा ल्याएको हो । प्रतिव्यक्ति १८ हजार ५ सयका दरले नोट सटहीको सुविधा दिइएको छ ।

प्रकाशित मिति २०८० असोज २९ गते सोमबार ०७:५७
हजुरको प्रतिक्रिया