२०८३ असोज २४ गते शनिबार

सन्दीपसँग छलफलमै छौँ, फर्कने सम्भावना छ: क्यान सचिव खड्का

सन्दीपसँग छलफलमै छौँ, फर्कने सम्भावना छ: क्यान सचिव खड्का

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असोज ३० गते मंगलबार ०६:५९

घरेलु मैदानमा बुधबारदेखि सुरु हुने हङकङ र संयुक्त अरब इमिरेन्ट्स (युएई) सम्मिलित त्रिकोणात्मक सिरिजको ट्रफी सार्वजनिक कार्यक्रममा सचिव खड्काले, सन्दीपको विषयमा निरन्तर छलफलमा रहेको बताए ।

काठमाडौं

नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काले, राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने खेलमा फर्किने सम्भावना रहेको बताएका छन् ।

घरेलु मैदानमा बुधबारदेखि सुरु हुने हङकङ र संयुक्त अरब इमिरेन्ट्स (युएई) सम्मिलित त्रिकोणात्मक सिरिजको ट्रफी सार्वजनिक कार्यक्रममा सचिव खड्काले, सन्दीपको विषयमा निरन्तर छलफलमा रहेको बताए । उनले भने ‘सन्दीपको व्यक्तिगत अवस्थाको बारेमा धेरै बताउनु पर्छ जस्तो लाग्दैछ। परिवारसँग समय बिताउने निर्णय गरेसँगै हामीले त्यसलाई टार्न सकेनौँ ।’

यो सिरिजपछि सन्दीप टोलीमा फर्कने सम्भावना रहेको सचिव खड्काको भनाई छ । ‘यो सरिजपछि पुनः खेलमा फर्कने सम्भावना छ,’ उनले भने। सन्दीपले शुक्रबार सामाजिक सञ्जालमार्फत आगामी प्रतियोगिता नखेल्ने भन्दै नाम फिर्ता लिएको बताएका थिए।

नेपालले बुधबारदेखि युएई र हङकङसँग त्रिकोणात्मक सिरिज खेल्दैछ। सिरिजपछि नेपालले घरेलु मैदानमा नै आइसिसी टि–२० विश्वकप छनोट खेल्नेछ। सन्दीपले भने यो सिरिजमा हुने छ्रैनन् ।

प्रकाशित मिति २०८० असोज ३० गते मंगलबार ०६:५९
हजुरको प्रतिक्रिया