२०८३ साउन २१ गते बिहीबार

रूपा गाउँपालिकामा १५ शैय्याकाे अस्पताल शिलान्यास

रूपा गाउँपालिकामा १५ शैय्याकाे अस्पताल शिलान्यास

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ मंसिर १५ गते सोमबार ०७:०५

पाेखरा । रुपा गाउँपालिकामा १५ शैयाको अस्पताल शिलन्यास गरिएको छ । सरकारको देशभर ३ सय ९६ स्थानिय तहमा ५/१०/१५ शैयाको आधारभूत अस्पताल निर्माण गर्ने योजना अनुरुप रूपा गाउँपालिका वडा नं ६ मा गाउँपालिका अध्यक्ष नवराज ओझाले अस्पताल...

पाेखरा । रुपा गाउँपालिकामा १५ शैयाको अस्पताल शिलन्यास गरिएको छ ।

सरकारको देशभर ३ सय ९६ स्थानिय तहमा ५/१०/१५ शैयाको आधारभूत अस्पताल निर्माण गर्ने योजना अनुरुप रूपा गाउँपालिका वडा नं ६ मा गाउँपालिका अध्यक्ष नवराज ओझाले अस्पताल शिलन्यास गरेका हुन् ।

अध्यक्ष ओझाका अनुसार हाल पाँच शैयाकाे सेवासहित सञ्चालित उक्त अस्पतालमा एक जना डाक्टर, ल्याब, भिडियो एक्सरे सेवा प्रबाह हुँदै आइरहेको छ ।

अब थप १५ शैय्या थपिएपछि अस्पताल संचालनको लागि गाउँपालिकाले मेडिकल अफिसर एक जना, स्टाफ नर्स दुई जना, अ.हे.ब एक जना र अ.न.मी एक जना सेवा करारमा लिनका लागि सूचना समेत प्रकाशित गरिसकिएको उनले जानकारी दिए ।

३ महिना भित्र अस्पतालमा एक्सरे, भिडियो एक्सरे लयागतका बहिरंग सेवाहरु प्रदान गर्नका लागि तिब्र रुपमा कार्यहरु भैरहेको छ । पार्किङ्ग चमेना गृह र फार्मेसिको लागि भवन निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ ।

प्रकाशित मिति २०७७ मंसिर १५ गते सोमबार ०७:०५
हजुरको प्रतिक्रिया