२०८३ साउन २१ गते बिहीबार

कोरला नाका खोल्न चीन तम्तयार हुँदा नेपालमा तयारी शून्य

कोरला नाका खोल्न चीन तम्तयार हुँदा नेपालमा तयारी शून्य

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० कात्तिक ३ गते शुक्रबार १०:५२

कोरोला नाका नजिकै उसले बस्ती पनि बसालीसकेको र लिजी नाका हुँदै आयात–निर्यातमा चीनकै अर्को सहरबाट भन्दा पनि सस्तो पर्ने देखिएकाले पनि यो नाका खोल्न चीन आतुर रहेको विश्लेषकसमेत रहेका मुल्मीले बताए ।

पाेखरा

चीनको लिन्जी प्रान्त हुँदै तिब्बतको नेपालसँग जोडिएको कोरोला नाकासम्म घुमेर र त्यहाँको विकास तथा चाहाना बुझेर फर्किएको पोखरेली टोलीले कोरोला नाका पोखराको विकासमा लाइफलाइन हुने बताएको छ । उनीहरुले नाका खोल्न पूर्वाधारसँगै अन्य तयारी पनि गर्न आग्रह गरेका छन् ।

पोखराका मेयर धनराज आचार्य, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी र पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विश्व शंकर पालिखेलगायतको टोलीले हालै कुटनीतिक छलफल गर्दै कोरोला नाकासम्मै पुगेर विकास र सम्भावनालाई नजिकबाट हेरेर फकिएको हो ।

कोरोला नाका नजिकै उसले बस्ती पनि बसालीसकेको र लिजी नाका हुँदै आयात–निर्यातमा चीनकै अर्को सहरबाट भन्दा पनि सस्तो पर्ने देखिएकाले पनि यो नाका खोल्न चीन आतुर रहेको विश्लेषकसमेत रहेका मुल्मीले बताए । अहिले चीनसँग खुला भएका नाकाहरुभन्दा कोरोला सबैभन्दा उपयुक्त र सस्तो देखिएको मुल्मीको भनाइ थियो ।

चीनले पोखरालाईसमेत केन्द्रमा राखेर विकास बढाउन खोजेको भन्दै मुल्मीले लिजी नाका उनीहरुका लागि पनि सबैभन्दा उपयुक्त देखिएको जिकीर गरे । नाका खोल्ने मात्रै होइन बस्तुको आयात–निर्यातको तयारीसमेत उनीहरुले गरिसकेको उनको भनाइ छ ।

चीनतर्फ धमाधम संरचना बनाउँदै सहर र सडकसमेत बनाइरहेको अवस्थामा नेपालमा नाका खोल्ने प्रयत्न नै नभएको टोलीको निश्कर्ष छ । नेपालतर्फ बनाउने भनिएको संरचना पनि ५ किलोमिटर तल राख्ने योजना गलत हुने उनीहरुको भनाइ छ । एकीकृत बस्ती बनाउँदा नाकामै बनोस् भन्ने उनीहरुले चाहेको र संरचनासमेत उनीहरुले नै बनाइदिने मुल्मीको जिकिर थियो ।

पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा चीनसँग राम्रो सम्बन्ध बनाएका विश्वशंकर पालिखेले कोरोला नाका पोखराका निम्ति टर्निङ प्वइन्ट हुने बताए । मध्यपहाडी लोकमार्ग भलाम हुँदै जाने र कालीगण्डकी पनि उतैबाट जोडिने हुँदा पोखराले पनि बन्दीपुरको नियति भोग्नसक्ने देखिएको बताए ।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरासँग मितेरी साइनो जोडिएको लिन्जीले धेरै सम्भावना देखाएको बताए । लिन्जीमा पोखराप्रति निकै सकारात्मक दृष्टिकोण रहेको बताए । तिब्बततर्फ आधुनिक सहरसमेत बनिरहेको आचार्यले सुनाए ।

तिब्बतका विभिन्न सहर घुमेर फर्किएको टोलीले कोरोला नाका हुँदै मानसरोबरसम्मको बाटो खोल्ने हो भने अझै विकासले फड्को मार्ने बताए ।

प्रकाशित मिति २०८० कात्तिक ३ गते शुक्रबार १०:५२

हजुरको प्रतिक्रिया