२०८३ साउन २१ गते बिहीबार

म्याग्दीमा अति विपन्न २० परिवारलाई खाद्यान्न सहयोग

म्याग्दीमा अति विपन्न २० परिवारलाई खाद्यान्न सहयोग

हरिकृष्ण गौतम

@Public 4K Tv

२०८० कात्तिक ४ गते शनिबार ०१:४४

चाडपर्वमा विपन्न र दैनिक छाक टार्न धौधौ भएकाहरुलाई खाद्यान्न साम्रागी उपलब्ध गराइएको वडा अध्यक्ष एवम् बेनी नगरपालिकाका प्रबक्ता रमेशकुमार श्रेष्ठले बताए ।

म्याग्दी

म्याग्दीको बेनी नगरपालिका–७, ले आर्थिक अभावका कारण दशैं मनाउन समस्यामा परेका वडाभित्रका बिपन्न, एकल महिला तथा असक्त र अपाङगलाई खाद्यान्न तथा नगद वितरण गरेको छ । अति विपन्नलाई छनौट गरी २० घरपरिवालाई वडा कार्यालयमा एक कार्यक्रमका बिच प्रति घरपरिवार एक बोरा चामल, २ किलो दाल,२ किलो चिनी,३ लिटर तेल लगायत छान्सामा पाक्ने मरमसला र नगद १ हजार वितरण गरिएको छ ।

चाडपर्वमा विपन्न र दैनिक छाक टार्न धौधौ भएकाहरुलाई खाद्यान्न साम्रागी उपलब्ध गराइएको वडा अध्यक्ष एवम् बेनी नगरपालिकाका प्रबक्ता रमेशकुमार श्रेष्ठले बताए ।

दशैंमा चुह्लो नबल्ने थप परिवार भेटिएका समेत सहयोग गर्ने वडा अध्यक्ष श्रेष्ठको भनाई छ । वडाले चाडपर्व बाहेक विपन्नलाई निशुल्क स्वास्थ्य विमा, अन्य समयमा समेत विभिन्न सहयोग गर्ने गदैं आइरहेको छ । ऋणै गरेर भए पनि मीठो मसिनो खाने चाड दशैं भएपनि आर्थिक अभावका कारण समस्या परेको बेलामा वडा कार्यालयले दिएको खाद्यान्न सहयोगले राहत मिलेको बताउँछन् ।

दैनिक जीवन निर्वाह कष्टकर बन्दै गएको बेलामा दशैंको मुखमै खाद्यान्न पाएपछि विपन्न परिवारका सदस्यले वडा कार्यालयलाई धन्यवाद दिदैं खुसी ब्यक्त गरेका थिए । सहयोग हस्तान्तरण कार्यक्रममा वडा सदस्य विश्वास श्रेष्ठ, रमेश फगामी र वडा सचिव यामबहादुर थापा मगरको उपस्थिती रहेको थियो । वडा कार्यालयमा रहेको कपडा बैंकमार्फत समेत आवश्यक लत्ता कपडा वितरण भइरहेको छ ।

प्रकाशित मिति २०८० कात्तिक ४ गते शनिबार ०१:४४

हजुरको प्रतिक्रिया