२०८३ साउन २१ गते बिहीबार

जापानलाई हराउँदै नेपाल एसीसी १९ वर्षमुनिको प्रिमियर कप क्रिकेटको फाइनलमा

जापानलाई हराउँदै नेपाल एसीसी १९ वर्षमुनिको प्रिमियर कप क्रिकेटको फाइनलमा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० कात्तिक ४ गते शनिबार ०३:५२

यसअघि मलेसियाको बायोमास ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २५ ओभरमा २ विकेट गुमाएर १ सय ४० रन बनाउँदा वर्षाले खेल रोकिएको थियो ।

पाेखरा

जापानलाई हराउँदै नेपाल एसीसी १९ वर्षमुनिको प्रिमियर कप क्रिकेटको फाइनलमा पुगेको छ । नेपालले जापानलाई १ सय ४३ रनले हरायो ।

वर्षाले प्रभावित खेलमा जापानले जितका लागि २२ ओभरमा १ सय ८७ रनको लक्ष्य पाएकोमा ११ ओभर ५ बलमा ४३ रनमै अलआउट भयो । जापानका शोतारो हिरात्सुकाले १५ र किफर यामामोटोले १३ रन बनाए पनि अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । बलिङतर्फ नेपालका हेमन्त धामी र दिपेश कँडेलले ३र३, तथा सुवास भण्डारीले २ र आकाश चन्दले १ विकेट लिए ।

यसअघि मलेसियाको बायोमास ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २५ ओभरमा २ विकेट गुमाएर १ सय ४० रन बनाउँदा वर्षाले खेल रोकिएको थियो । नेपालका दीपक बोहरा ७९ रन बनाएर आउट भए । यस्तै आकाश त्रिपाठीले नटआउट ३५ रन बनाए ।

फाइनलमा पुगेसँगै नेपालले पाकिस्तानमा हुने यू–१९ एसिया कप खेल्ने पक्का भएको छ । यस्तै अर्को सेमिफाइनल खेलमा सिङ्गापुरलाई हराउँदै फाइनलमा पुगेको यूएईले पनि यू–१९ एसिया कप खेल्ने पक्का भएको छ । यू–१९ एसिया कपमा पुग्ने तेस्रो टोलीको टुङ्गो जापान र सिङ्गापुरबीचको खेलको विजेताबाट लाग्नेछ । यो खेलको विजेताले शीर्ष ३ मा पर्दै यू–१९ एसिया कप खेल्न पाउनेछ ।

प्रकाशित मिति २०८० कात्तिक ४ गते शनिबार ०३:५२
हजुरको प्रतिक्रिया