२०८३ साउन २१ गते बिहीबार

मंगलबार पाेखरामा ८८ संक्रमित थपिए

मंगलबार पाेखरामा ८८ संक्रमित थपिए

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ मंसिर १६ गते मंगलबार ०६:१०

पाेखरा । मंगलबार पाेखरा महानगरपालिकाका थप ८८ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ । मादी गाउँपालिकाका ६ जनासहित मंगलबार कास्कीका ९४ जना संक्रमित बनेकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ । मंगलबार कास्कीका...

प्रदेशमा १२२ थपिँदा कुल संक्रमित १२ हजार १८० पुगे

पाेखरा । मंगलबार पाेखरा महानगरपालिकाका थप ८८ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ । मादी गाउँपालिकाका ६ जनासहित मंगलबार कास्कीका ९४ जना संक्रमित बनेकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ ।

मंगलबार कास्कीका ९४ जनासहित गण्डकी प्रदेशभर १२२ जना थप संक्रमित भेटिएका छन् । जसअनुसार, बाग्लुङका ३ जना, गाेरखाका १ जना, नवलपरासीका ११ जना, तनहुँका ७ जना, स्याङजाका ४ जना, म्याग्दीका १ जना तथा पर्वतका १ जना रहेका छन् ।

याे संगै समग्र प्रदेशमा काेराेना संक्रमितकाे संख्या १२ हजार १८० पुगेकाे छ ।

प्रकाशित मिति २०७७ मंसिर १६ गते मंगलबार ०६:१०
हजुरको प्रतिक्रिया