२०८३ असोज २४ गते शनिबार

टी—२० विश्वकप छनोटमा आज नेपालले मलेसियासँग खेल्दै

टी—२० विश्वकप छनोटमा आज नेपालले मलेसियासँग खेल्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० कात्तिक १४ गते मंगलबार ०७:२६

तेस्रो खेलमा नेपालले १६ गते बिहीबार ओमानसँग खेल्नेछ ।

पोेखरा

टी–२० विश्वकप छनोटमा आज नेपालले मलेसियासँग खेल्दैछ । दोस्रो खेलमा नेपालले मलेसिया खेल्न लगेको हो । खेल दिउँसो सवा १ बजे त्रिवी क्रिकेट मैदानमा हुनेछ । तेस्रो खेलमा नेपालले १६ गते बिहीबार ओमानसँग खेल्नेछ ।

सोमबार नेपाले पहिलो खेलमा सुखद सुरुवात गरेको छ । सोमबार भएको आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरमाथि ८ विकेटको जित हात पारेको हो ।

त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा सिंगापुरले दिएको १४६ रनको लक्ष्य नेपालले कुशल भुर्तेलको अर्धशतकको मदतमा १६ दशमलव ३ ओभरमा मात्र २ विकेट गुमाएर भेट्टायो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाएको थियो

प्रकाशित मिति २०८० कात्तिक १४ गते मंगलबार ०७:२६

हजुरको प्रतिक्रिया