२०८३ साउन २१ गते बिहीबार

रोनाल्डोले पार गरे १००औं अन्तर्राष्ट्रिय गोल

रोनाल्डोले पार गरे १००औं अन्तर्राष्ट्रिय गोल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ भदौ २४ गते बुधबार ०६:२२

पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले पोर्चुगलका लागि १००औं अन्तर्राष्ट्रिय गोल पूरा गरेका छन्। मंगलबार राति युइएफए नेसन्स लिगअन्तर्तग स्विडेनविरुद्धको खेलमा गोल गरेसँगै रोनाल्डोले सय गोलको आँकडा पार गरेका हुन्। रोनाल्डोले...

पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले पोर्चुगलका लागि १००औं अन्तर्राष्ट्रिय गोल पूरा गरेका छन्। मंगलबार राति युइएफए नेसन्स लिगअन्तर्तग स्विडेनविरुद्धको खेलमा गोल गरेसँगै रोनाल्डोले सय गोलको आँकडा पार गरेका हुन्।

रोनाल्डोले पोर्चुगलबाट १७ वर्षको अन्तर्राष्ट्रिय करिअरमा १६५ खेल खेल्दा सय गोल पूरा गरेका हुन्।

समूह ए-३ को खेलमा पोर्चुगलले स्विडनेलाई २-० ले पराजित गर्दा दुवै गोल रोनाल्डो नै गरेका थिए। उनले खेलको ४५ मिनेटमा गोल गरेर सय गोलको कोशेढुंगा पार गर्दा ७२ मिनेटमा टिमको अग्रता दोब्बर पारे।

४५ मिनेटमा सय गोल पूरा गर्दा रोनाल्डोले फ्रिकिकमार्फत सानदार गोल गर्न सफल भए। ३५ वर्षीय रोनाल्डो अब सर्वाधिक अन्तर्राष्ट्रिय गोलको रेकर्डबाट ८ गोल टाढा छन्।

सर्वाधिक गोलको कीर्तिमान इरानका अली डेइको नाममा छ। उनले १९९३ देखि २००६ सम्ममा इरानका लागि १०९ गोल गरेका थिए।

यसअघि सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने दोस्रो खेलाडी बनेका इटालीयन क्लब युभेन्ट्सका फरवार्ड रोनाल्डोले ९९ गोल गरेको झन्डै एक वर्षपछि सय गोल गरेका हुन्।

उनले २०१९ को नोभेम्बरमा लग्जेम्बरविरुद्ध ९९ गोल गरेका थिए।

सन् २००३ मा राष्ट्रिय टिममा डेब्यू गरेका रोनाल्डोले सन् २००४ को युरो कपमा ग्रिसविरुद्ध पहिलो अन्तर्राष्ट्रिय गोल गरेका थिए।

अहिले अन्तर्राष्ट्रिय फुटबल खेलिरहेका खेलाडी मध्ये रोनाल्डो सर्वाधिक गोलकर्ता (१०१ गोल) हुन्। दोस्रो स्थानमा भारतका सुनील क्षेत्री छन्। क्षेत्रीले ७२ अन्तर्राष्ट्रिय गोल गरेका छन्। तेस्रो स्थानमा रहेका अर्जेन्टिनाका लिओनल मेसीले ७० गोल गरेका छन्।

पछिल्ला वर्षमा उत्कृष्ट लयमा देखिएका रोनाल्डोले ३० वर्षको उमेरपछि छिटो अन्तर्राष्ट्रिय गोल गरेका छन्। उनले ३०औं जन्मदिनपछि ४७ अन्तर्राष्ट्रिय खेलमा ४९ गोल गरे।

१०१ अन्तर्राष्ट्रिय गोल गर्ने क्रममा रोनाल्डोले दाहिँने खुट्टाले ५४ गोल, देब्रे खुट्टाले २२ गोल र हेडमार्फत २५ गोल गरे। जसमा उनले ८० गोल डिबक्स भित्रबाट र २१ गोल डिबक्स बाहिरबाट गरे।

उनले सन् २०१९ मा सर्वाधिक १४ गोल गर्न सफल भए। यस्तै सन् २००४ मा ११ गोल गरेका उनले २००६, २०१६, २०१७ र २०१९ मा १०-१० गोल गरे।

प्रकाशित मिति २०७७ भदौ २४ गते बुधबार ०६:२२
हजुरको प्रतिक्रिया