२०८३ असोज २४ गते शनिबार

पर्यटक बोलाउँदै ‘जाउँ है पोखरा’ नेपालको पूर्वी सहरमा

पर्यटक बोलाउँदै ‘जाउँ है पोखरा’ नेपालको पूर्वी सहरमा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० कात्तिक १६ गते बिहीबार ०१:४८

जाउँ है अभियान अधिकांश समय वर्षमा २ पटक चल्दै आएको छ । पूर्वी सहरमा घुम्न निम्तो दिँदै पोखराको प्रचार र सम्भावनाबारे छलफल पनि हुने छ ।

पोखरा

पर्यटक बोलाउँदै होटल संघ पोखराको टोली नेपालको पूर्वी सहर हिँडेको छ । २ दशक अगाडिदेखि नेपालका विभिन्न सहर पोखरा पर्यटक बोलाउने यो अभियान बिहीबारदेखि पूर्वी सहरमा चल्ने भएको हो ।

जनकपुर, विराटनगर, बिर्तामोड र धनकुटामा त्यहाँका पर्यटन व्यवसायीबीच अन्तरक्रिया गर्दै पोखरा घुम्न निम्तो गर्ने कार्यक्रम तय गरिएको अध्यक्ष सुवेदीले जानकारी दिए । दुई दशकअघि नेपालमै पर्यटक आवागमन १ प्रतिशत अभियान सुरू भएको थियो, अहिले त्यसको तुलनामा ३५ प्रतिशत चलायमान भएको उनले बताए ।

जाउँ है अभियान अधिकांश समय वर्षमा २ पटक चल्दै आएको छ । पूर्वी सहरमा घुम्न निम्तो दिँदै पोखराको प्रचार र सम्भावनाबारे छलफल पनि हुने छ ।

अभियानले पोखरामात्र नभई नेपालका अन्य पर्यटकीय सहरमा पनि महत्वपूर्ण योगदान पुर्याउने आयोजकको विश्वास छ ।

कोरोना महामारीले पर्यटन क्षेत्रमा पारेको असरलाई कम गर्दै लयमा फर्किन लागेको पर्यटन क्षेत्रलाई चलायमान बनाउन जाउँ है पोखराले अझ फाइदा पुर्याउने कोषाध्यक्ष नेत्रप्रसाद पौडेलले बताए ।

प्रकाशित मिति २०८० कात्तिक १६ गते बिहीबार ०१:४८
हजुरको प्रतिक्रिया