२०८३ साउन २१ गते बिहीबार

पोखरामा पञ्चासे अल्ट्रा रेस हुँदै

पोखरामा पञ्चासे अल्ट्रा रेस हुँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० कात्तिक १७ गते शुक्रबार ०१:१५

८० किलोमिटर, ५५ किलोमिटर, २५ किलोमिटर र ७ किलोमिटरमा छुट्टाछुट्टै प्रतिस्पर्धा हुने पञ्चासे अल्ट्रा रेस सिरिजका संस्थापक राजीव श्रेष्ठले बताए ।

पोखरा

पोखरामा पञ्चासे अल्ट्रा रेस हुने भएको छ । शनिबार र आइतबार हुने रेसमा ४ इभेन्टमा प्रतिस्पर्धा हुनेछ ।

८० किलोमिटर, ५५ किलोमिटर, २५ किलोमिटर र ७ किलोमिटरमा छुट्टाछुट्टै प्रतिस्पर्धा हुने पञ्चासे अल्ट्रा रेस सिरिजका संस्थापक राजीव श्रेष्ठले बताए ।

‘पोखराको सेरोफेरोका पहाडका थुम्का हेर्दै दौडिने गरी रुट तय गरिएको छ’, श्रेष्ठले भने, ‘अल्ट्रा रेस प्रतियोगितामात्र नभएर खेल पर्यटनलाई बढवा दिन आयोजना गरिएको हो ।’

रेसमा अमेरिका, बेलायत, भियतनाम लगायतका देशबाट धावक सहभागी हुनेछन् ।

८० किलोमिटरको इभेन्ट लुम्रेबाट बिहान ४ बजे सुरु हुनेछ । लुम्रे हुँदै लोक्याम्प, बादल डाँडा, प्रितम देउराली, पञ्चासे भञ्ज्याङ, पुम्दीको शिव मन्दिर हुँदै लेकसाइडको खपौदीमा आएर टुंगिनेछ ।

यस्तै, ५५ किलोमिटरको इभेन्ट लेकसाइडको कोमागाने पार्कबाट सुरु हुनेछ । यो प्रतिस्पर्धामा विश्व शान्ति स्तूप, भञ्जयाङ, नागडाँडा, कास्कीकोट, सराङकोट हुँदै खपैदीमै आएर सकिनेछ ।

२५ किलोमिटरको इभेन्ट कोमागाने पार्कबाट सुरु भई विश्व शान्ति स्तूप, भञ्ज्याङ हुँदै सेदीमा आएर सकिनेछ ।

७ किलोमिटरको इभेन्ट कोमागने पार्कबाट सुरु भएर सेदी हुँदै पामेबजारमा आएर सकिनेछ ।

प्रतियोगिताका विजेता महिला र पुरुषले थाइल्यान्डमा हुने अल्ट्रा रेसमा सहभागी हुन अवसर पाउनेछन् ।

दोस्रो हुने महिला, पुरुषले १५ हजार र तेस्रो हुनेले ७ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

फाइल तस्बिर

प्रकाशित मिति २०८० कात्तिक १७ गते शुक्रबार ०१:१५
हजुरको प्रतिक्रिया