पोखरा
पर्यटीय नगरी पोखरामा एन्ड्युरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक रेश हुने भएको छ ।
माउन्टेन बाइक कम्पनी डन टिल डस्कको आयोजनामा मंसिर ७ गतेदेखि पोखरा महानगरपालिका– १३ स्थित आर्बा–विजय डाँडामा प्रतिस्पर्धा हुनेछ ।
३ दिने प्रतिस्पर्धामा ११ देशका खेलाडी भिड्नेछन् । ८८ जनाले प्रतिस्पर्धा गर्ने प्रतियोगिताका रेस डाइरेक्टर सुनिलचन्द्र शर्माले जानकारी दिए । ७ विधामा प्रतिस्पर्धा हुने उनले बताए ।
इलिट पुरुषतर्फ जुनियर (१२–१८ वर्ष), मास्टर्स ‘क’ (३०–३९ वर्ष), मास्टर्स ‘ख’ (४०–४९ वर्ष), भेट्रान (५० वर्ष माथि) र महिला ओपन तथा इ–बाइक गरि ७ विधामा प्रतिस्पर्धा हुनेछन् ।
खेलकुद र सहासिक पर्यटनलाई सँगै लैजान प्रतियोगिता आयोजना गरेको डन टिल डस्कका प्रबन्ध निर्देशक छिमी उत्रेन गुरुङले बताए ।
उनका अनुसार ३ वर्षदेखि प्रतियोगिताको तयारी थालिएको थियो । प्रतियोगिताको संरचना बनाउन ५० लाख रुपैँया लगानी गरेको उनको भनाइ छ । अझ २० लाख रुपैयाँ लाग्ने उनले बताए ।
प्रतियोगितामा मंसिर ७ र ८ गते अभ्यास खेल हुनेछ । अन्तिम दिन मंसिर ९ गते प्रतिस्पर्धा हुनेछ ।
प्रकाशित मिति २०८० कात्तिक १८ गते शनिबार ०५:३५




