२०८३ साउन २१ गते बिहीबार

नेपालले ओमानलाई दियो १८५ रनको लक्ष्य

नेपालले ओमानलाई दियो १८५ रनको लक्ष्य

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० कात्तिक १९ गते आइतबार ०१:०४

टी–२० विश्वकप छनोट खेलको फाइनलमा ओमानलाई नेपालले १८५ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८४ रन बनाएको छ । नेपालका लागि गुल्सन झाले सर्वाधिक ५४, कप्तान रोहितकुमार पौडेलले...

टी–२० विश्वकप छनोट खेलको फाइनलमा ओमानलाई नेपालले १८५ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८४ रन बनाएको छ । नेपालका लागि गुल्सन झाले सर्वाधिक ५४, कप्तान रोहितकुमार पौडेलले नटआउट ५२, कुशल भुर्तेलले ३१, करण केसीले २०, सन्दीप जोराले १०, आशिफ शेखले ६, कुशल मल्लले ३ र विवेक यादवले १ रन बनाए ।

यसअघि समूह चरणको खेलमा नेपाल ओमानसँग पराजित भएको थियो । फाइनल खेलमा नेपाललाई ओमानसँग बदला लिने अवसर छ ।

अहिले जवाफी व्याटिङमा मैदान उत्रेकाे ओमानले चाैथाे ओभर खेल्दै एक विकेट गुमाएर २७ रन बनाएर खेलिरहेकाे छ । ४ वटा बाउण्ड्री दिएका साेमपाललाइ पहिलाे विकेटका रूपमा प्रतिक अथाभालेकाे विकेट हात परेकाे हाे ।

प्रकाशित मिति २०८० कात्तिक १९ गते आइतबार ०१:०४
हजुरको प्रतिक्रिया