सुपर ओभरमा नेपाल पराजित
घरेलु टोली नेपाललाई सुपर ओभरमा पराजित गर्दै आईसीसी टी २० विश्वकप एसिया क्षेत्र छनोटको उपाधि ओमानले उचालेको छ। अपराजित रहेर ओमानले एसिया क्षेत्र छनोटको उपाधि हात पारेको हो।
टस जितेर पहिले ब्याटिङ राेजेकाे नेपालले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ८४ रन बनाएपछि उपाधीकाे टुङ्गाेका लागि खेल सुपर ओभरमा पुगेको हो।
सुपर ओभरमा नेपालका डेथ ओभर स्पेसलिस्ट मानिएका बलर अबिनास बाेहराले रन राेक्न नसक्दा उपाधीकाे नजिक पुगेकाे नेपाल उपाधीविमुख हुन पुग्याे । बाेहराकाे ३ वटा फुल टस बलले बाउण्ड्रीलाइन पार गरेकाे थियाे ।
नसिम खुसी अकिब इलियासले सुपर ओभरमा २१ रन बनाएपछि २२ रनको जवाफी लक्ष्यका साथ मैदान उत्रेका नेपाली ब्याटर कुशल भुर्तेल बिलाल खानकाे पहिलो बलमै क्याच आउट भए। त्यसपछि क्रिजमा उत्रेका कुशल मल्लले बललाइ बाउण्ड्री पार गर्न नसक्दा नेपाल उपाधी विमूख बन्याे ।
त्यसअघि १ सय ८५ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ८४ रन बनाउँदा कश्यप प्रजापतीले ६३, इकिव इलियास ३३, जिसन मक्सुद ३६, माेहम्मद नदिम २४ तथा मेरन खान र आयान खानले समान १० रन जाेडे ।
नेपालका लागि करण केसी र सन्दीप लामिछानेले समान २ विकेट लिए। सोमपाल कामी, गुल्सन झा, अविनास बोहोरा, विवेक यादवको नाममा समान १ विकेट रह्यो।
त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ८४ रनको योगफल तयार पारेको थियो।
नेपालका लागि गुल्सन झाले विस्फाेटक पारि खेले । झाले २५ बल खेल्दै ५ चौका र ४ छक्काकाे मद्दतमा ५४ रन जाेडे । कप्तान रोहित पौडेल ५२ र करण केसी २० रनमा नटआउट रहे। टी–२० आइमा रोहितको यो पाचौं अर्धशतक हो। यस्तै, नेपालका लागि कुशल भुर्तेलले ३१ रन जाेडे । ६ बलमा १ चौका र २ छक्का हानेका करण केसी २० रनमा नटआउट रहे।
ओमानका लागि बिलाल खान एक्लैले तिन विकेट लिए। अकिब इलियास दुई विकेट झारे। जेशस मक्सुदको नाममा एक विकेट रह्यो। सुपर ओभरमा समेत शानदार प्रदर्शन गरेका बिलाल खान प्रतियाेगिताका नायक सावित रहे । खेलकाे प्लेयर अफ द म्याच भने कश्यप प्रजापती रहे ।
प्रकाशित मिति २०८० कात्तिक १९ गते आइतबार ०३:०३




