२०८३ असोज २३ गते शुक्रबार

२१ औं एसियाली खेलकुद आयोजना कतारमा गर्नका लागि नेपालसँग माग्याे समर्थन

२१ औं एसियाली खेलकुद आयोजना कतारमा गर्नका लागि नेपालसँग माग्याे समर्थन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ मंसिर १८ गते बिहीबार ०८:४३

कतार ओलम्पिक कमिटीले २१ औं एसियाली खेलकुद आयोजना कतारमा गर्नका लागि नेपालसँग समर्थन मागेको छ ।

२१ औं एसियाली खेलकुद आयोजनाका लागि समर्थन माग्याे कतारले

पाेखरा । कतार ओलम्पिक कमिटीले २१ औं एसियाली खेलकुद आयोजना कतारमा गर्नका लागि नेपालसँग समर्थन मागेको छ ।

ओलम्पिक कमिटीका कतारका महासचिव जसिम रसिद अलबुनइनको नेतृत्वमा काठमाडौँ आएको प्रतिनिधिमण्डलले बिहीबार नेपाल ओलम्पिक कमिटीका पदाधिकारीहरुलाई भेट गरी सन् २०३० मा आयोजना हुने २१ औं एसियन खेलकुद कतारमा गर्न समर्थन मागीएकाे हो ।

कतारले सन् २०३० को एसियन खेलकुद आयोजनाका लागि आफ्नो दाबेदारी प्रस्तुत गर्दैछ । एसियन ओलम्पिक कमिटीको यही डिसेम्बर १६ मा ओमनको मस्कटमा हुने ३९ औं ओसीए महासभामा २१ औं एसियन खेलकुदका लागि मतदान हुनेछ ।

हालसम्म कतार र साउदी अरेबियाले २१ औं एसियन खेलकुद गर्नका लागि इच्छा देखाएका छन् । नेपालले पनि ती दुईमध्ये एक देशमा खेलकुद आयोजना गर्नका लागि मतदान गर्नेछ । नेपालसँगै ४५ देशहरुले मतदान गर्नेछन् ।

कतारमा एसियन खेलकुद आयोजना हुँदा नेपाली खेलाडीले पनि राम्रो समर्थन पाउने र खेलाडीको मनोबल बढ्ने भन्दै कतार ओलम्पिक कमिटीले नेपालको समर्थन खोजेको हो ।

यस भन्दा पहिला २००६ मा एसियन खेलकुद आयोजना गरेको कतारले २०२२ को विश्वकप फुटबलसमेत आयोजना गर्न लागेकाे छ।

प्रकाशित मिति २०७७ मंसिर १८ गते बिहीबार ०८:४३
हजुरको प्रतिक्रिया