२०८३ साउन २१ गते बिहीबार

कास्कीमा काेराेना भाइरस संक्रमणकाे अवस्था चिन्ताजनक

कास्कीमा काेराेना भाइरस संक्रमणकाे अवस्था चिन्ताजनक

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ मंसिर १९ गते शुक्रबार ११:३४

पाेखरा । गण्डकी प्रदेशमा हालसम्म कुल १ लाख १० हजार ४३४ जनाकाे काेराेना परिक्षण भएकाे छ । साे संख्याकाे परिक्षणका क्रममा हालसम्म १२ हजार ३९५ जना काेराेना भाइरसका संक्रमित भेटिएका छन् । गण्डकी प्रदेशमा हालसम्म ७ हजार २७८ जनाले काेराेना...

हेर्नुहाेस् समग्र प्रदेशकाे ताजा अवस्था

पाेखरा । गण्डकी प्रदेशमा हालसम्म कुल १ लाख १० हजार ४३४ जनाकाे काेराेना परिक्षण भएकाे छ । साे संख्याकाे परिक्षणका क्रममा हालसम्म १२ हजार ३९५ जना काेराेना भाइरसका संक्रमित भेटिएका छन् ।

गण्डकी प्रदेशमा हालसम्म ७ हजार २७८ जनाले काेराेना जितेर घर फर्किएका छन् भने ४ हजार ९५५ जना हाल सक्रिय संक्रमित रहेकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ । काेराेना भाइरसकाे संक्रमणपछि गण्डकी प्रदेशमा हालसम्म १६२ जनाले ज्यान गुमाइसकेका छन् ।

गण्डकी प्रदेशकाे समग्र अवस्था हेर्दा सर्वाधिक धेरै संक्रमित कास्की जिल्लाका रहेका छन् । समग्र प्रदेशमा १२ हजार ३९५ संक्रमित बन्दा कास्कीका मात्रै हालसम्म ५ हजार ३२७ जनामा संक्रमण पुष्टि भएकाे छ । कास्कीपछि सर्वाधिक धेरै संक्रमित नवलपरासी पूर्वका रहेका छन् । जहाँ हालसम्म २ हजार २६१ जनामा संक्रमण पुष्टि भएकाे छ । यस्तै कास्कीकाे छिमेकी जिल्ला तनहुँमा समेत हालसम्म १ हजार २३६ जना संक्रमित बनेका छन् ।

कास्कीमा हालसम्म १ हजार ७४७ जनाले काेराेना जितेका छन् भने हालसम्म ३ हजार ४९५ जना सक्रिय संक्रमित रहेका छन् । काेराेनाकै कारण कास्कीका ८५ जनाले हालसम्म ज्यान गुमाइसकेकाे अवस्था छ ।

हेर्नुहाेस समग्र प्रदेशमा जिल्लास्तरीय विवरण

प्रकाशित मिति २०७७ मंसिर १९ गते शुक्रबार ११:३४
हजुरको प्रतिक्रिया